धेरै वर्ष श्रीमती कै लागि भनेर विदेशमा काम गरे,अहिले घर आउँदा श्रीमती ना ठो संग मस्ती गरेको भेटे (भिडियो हेर्नुस्)


बुटवलका लोक बहादुर वैदेशिक रोजगारिका लागि हिँड्ने गरेको करिव १७ वर्ष पुगिसकेको छ । घर आउने जाने गरेका उनी अहिले भने घर आउदाँ श्रीमती अर्कै सगँ हिडिसकेकी थिइन । आफू आउदैँ गरेको जानकारी पाए पछि उनको फोन लाग्न छोडेको लोकबहादुरले बताए ।

सधै घर आउदा आफू श्रीमतिलाई जानकारी गराउने गरेको र यो पाली पनि आफुले जानकारी गराएर नै आएको उनले बताए । तर घर आइपुग्दा श्रीमती अर्कै केटासगँ हिडिसकेको उनको भनाई छ ।बुटवलको ॐसत्य ३ ठुटेपिपलका लोकबहादुर बिक अहिले भने करिव २५ महिना दुबै बसेर घर फर्किएका थिए । आफुले दुबैबाटै फोनमा आफ्नो टिकट भै सकेकोले आफु आउन लागेको बताए पछि श्रीमती त्यसै दिन माइत गएको आफुले पछि थाहा पाएको उनले बताए । कार्तिक १४ गते आइतबारदेखि श्रीमती हराएको उनले बताए । शनिबार माइतिबाट फर्किए पछि आफुसगँ फोनमा कुरा गर्दा आफुले सोमबार घर आइपुग्ने बताउँदा काठमाडौ नबस्नु घर आउनु सल्लाह गर्नु छ भनी कुरा भएको उनले बताए ।

श्रीमतिले सल्लाह छ भन्दै भने पछि आफू आइतबार बिहान नै घर आउन गाढी चढेको उनले बताए । आफू गाढी चढिसके पछि श्रीमतीसगँ कुरा गर्दा बस मा कि हायसमा आउनु भएको भनी सोधेको र आफुले हायसमा भनि जवाफ दिए पछि काटिएको फोन त्यसपछी नलागेको उनले बताए । आफू घरमा आईपुग्दा भने श्रीमती घर छोडेर हिडिसकेको उनले बताएका छन । उनका १८ देखि २३ वर्षका दुई छोरा र एक छोरी छन । श्रीमती मालती बि क ३९ वर्षकि भएको उनले बताए ।

घरमा कुनै आर्थिक तथा अन्य त्यस्तो केही समस्या भएर हिडेको जस्तो आफुलाई नलाग्ने लोकबहादुरले बताए । आफुले प्रत्येक महिना श्रीमतिको खातामा पैसा पठाउने गरेको साथै छोराले पनि मासिक ३०/३५ हजार कमाएर दिने गरेकोले गर्दा पनि घरमा त्यस्तो दुख परेको हिडेको जस्तो आफुलाई नलाग्ने गरेको उनको भनाई छ । आफुले बुझे अनुसार एकजना पाल्पाको मुक्तबहादुर भन्ने केटाले कुबेत बाट फोन गर्ने गरेको र उसैसगं मालती गएको होकि भन्ने लागेको उनले बताए ।

गाउँतिर भने त्यही केटासगँको सम्बन्धको बारेमा कुरा भएको बुझेको उनले बताए । आफ्नो श्रीमान घर आउनु भन्दा अगाडि आफू काठमाडौ तिर बस्ने र कुबेतबाट फर्किए पछि उसैसित बिबाह गर्ने भनी गाउँतिर भनेको भन्ने आफुले सुनेको उनले बताए । छोराछोरीले पनि थाहा पाएर गाली गर्दा लुकि लुकि बोल्ने गरेको भन्ने आफुले सुनेको उनले बताए । आफुले कमाएको सम्पुर्ण उसैको नाममा भएको र अहिले हिड्दा एक लाख जतिको सुन र पैसा लिएर गएको उनले बताए ।

भिडियो हेर्नुस :

-
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post