रोल्पामा एक युवती धारामा नुहाउँदै थिइन्, गाउँपालिकाका इञ्जिनियरले आफूलाई रोक्न नसकेपछि भयो यस्तो घटना

रोल्पामा एक युवती धारामा नुहाउँदै थिइन्, गाउँपालिकाका इञ्जिनियरले आफूलाई रोक्न नसकेपछि भयो यस्तो घटना रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकामा कार्यरत एक इञ्जिनियरले धेरै घृणित काम गरेका छन् । उनले महामारीमा संक्रमित भएकी एक किशोरीलाई क र णीको प्रयास गरेका छन् ।

उक्त गाउँपालिकाको होलेरीमा २० वर्षीया किशोरीलाई उनले त्यस्तो कार्य गरेका हुन् । यस्तो कार्य गर्ने ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल हुन् ।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।

“सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अ ङ्ग मा हात लगाउँदै क र णी गर्न खोजेको भन्ने किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्”, प्रहरी नायब उपरीक्षक सुवेदीले भने ।

सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै निच काम भएकाले प्रहरीले अत्यन्तै संंवेदनशील भई कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । “पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई प्रचलित कानुन बमोजिम मुद्दा चलाएर थप अनुसन्धान थालिएको छ”, सुवेदीले भने ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post