श्रीमतिले छोराछोरी छोड्दै हिड्दै गरेको पक्कै पनि यो पनि नौलो घटना भने हैन । तर श्रीमतिले छोडेर गइसकेपछि श्रीमानले यसरी डाको छोडेर धुरुधुरु मन फुट्ने गरि रोएको चहि पक्कै पनि यो नौलो घ टना हो ।
जब लाचार भइन्छ आफ्नो हातमा केही पनि रहदैन अनि व्यवहारले यसरी थिचेपछि आँसु मात्रै त एक गरिबको बिकल्प बन्दो रहेछ ।२३ बर्षिय नविना सुनार जो ६ दिनदेखि आफ्नो दुई बच्चा र श्रीमानलाइ छोडेर उनी बेपत्ता भएकि छिन् ।मजदुरि गरेर आफ्नो घर परिवार हेर्दै आएका श्रीमान अहिले दुबै बिरामि सन्तानलाई च्यापेर डाको छोडेर रुदै श्रीमतिलाई फर्कि आउन अपिल गर्छन् ।
छोराछोरीलाई पढाउन भनेर नै गाउबाट सहर आएको तर उनी यसरी गइदिनुले छोराछोरीले खाना समेत नखाएको र ममि ल्याइदिए मात्रै खाने भन्दै गर्दै त्यो लाचार बुवा मुटुमा ढुंगा राखि धरधर रुन बाध्य छ ।९ महिना कोखमा राखेर यत्रो ठूलो हुन्जेल सम्म हुर्काउनु भयो बढाउनु तर अहिले भने छोडेर जानुभयो , तपाईं जहाँ भएपनि पक्कै पनि खुसिसाथ रहनुभएको छैन यी सन्तान र श्रीमानको आँसु लाग्ने छ तिमिलाई ,फर्केर आउ नविना घर समालिदेउ श्रीमानले व्यवहार सम्हाल्ने छन् ।
हेर्नुस् भिडियो सामाग्री