काठमाडौ , श्रीलंका मा हरेक वर्ष चंगा उडाउने प्रतिस्पर्धा हुन्छ । समुह मा युवा युवती भेला भएर चंगा उडाउने प्रतियो गिता गर्छन ।
त्यहाँ यति ठूला चंगा हुन्छन् की कहिले काँही दुर्घटना पनि हुन्छ । हालै श्रीलंकामा एक व्यक्ति चंगा उडाउँदै गर्दा धागो समातेर आफैै उडेको भिडियो सार्वजनिक भएको छ । जाफनामा केही दिनअघि चंगा उडाउने प्रतियोगिता भएको थियो ।
सो प्रतियोगिताका क्रममा एक युवा चंगा संगै आकासमा उडेका हुन् । ती व्यक्ति टोलीका आफ्ना साथीहरूसँग मिलेर चंगाको धागो समात्ने कोशिश गरिरहेका थिए । तर हावा तीव्र गतिमा चलिरहेकोले ठूलो चंगासँगै उनी पनि उडे । हेर्दाहेर्दै उनी ३० फीट माथिसम्म उडे ।
उडे पनि उनले धागो छोड्न मानेनन् । साथीहरूले धागो छोड् भने पनि उनले टेरेनन् । अलिकति तल आएपछि भने उनले धागो छोडे अनि भुइँमा डङरङ्ङ पछारिए । उनलाई चोट लागेको छ । पछि साथीहरूले उनलाई अस्पताल लगे ।