वैदेशिक रोजगारीका लागि दुबै बस्दै आएका रेसम नेपाली नेपाल आएको ३ दिन भयो । उनी नेपाल आएको ३ दिनमा नै श्रीमती हराएको भन्दै मिडियामा आएका छन । आफू बिदेशमै हुदाँ अर्कै केटासगँ लागेर बिदेश तिर झान खोजेको तर
नमिले पछि अहिले त्यहि केटासगँ भारतको चण्डिगण तिर बस्दै आएको भन्ने आफुले बुझेको रेसमले बताए । घरमा १२ वर्ष र १० वर्ष का दुई छोरिलाई छोडेर आफू बिदेशमा नै हुदाँ श्रीमती अर्कै सगँ हिडेको रेशमले बताएका छन ।
छोरिहरुले भने गिता अहिले हिडेको केटा घरमै आउने बस्ने गरेको बताएको रेसमको भनाई छ । आफ्नो घरमा उक्त केटा ३ दिनसम्म बसेको छोरिहरुले बताएको उनको भनाई छ । त्यो बेला ठूलो बाबा को छोरा हो भनी छोरिहरुलाई गिताले बताएको रेसमको भनाई छ । ३ दिन पछि गिताकी आमा त्यही आएर उनिहरु दुबैलाई चण्डिगण पठाएको आफुले बुझेको रेशमको भनाई छ । आफुले घर आए पछि मात्र यो सब कुरा थाहा पाएको रेशमले बताएका छन ।
आफू बिदेशमै हुदाँ भने श्रीमती गिताले फेसबुकमा उनिहरु दुबै जनाको फोटो हालेको रेशम बताउँछन । श्रीमतिले मुरटुको टुक्रा भन्दै अर्कै केटाको फोटो आफू बिदेशमै हुदाँ तिहार पछि हालेको आफुले देखेको रेशमले बताए । आफू नेपाल चैत या बैशाख तिर आउने भनी मिलाएता पनि श्रीमती त्यसरी हिडे पछि आफू छोरिहरुको बिचल्ली हुने भनी अहिले नै मिलाएर आएको बताए । अहिले भने श्रीमतिले पैसा पनि लिएर गएको उनले बताए । आफुले दुबैबाट श्रीमतिको खातामा पैसा हाल्दिने गरेको बताए ।
अहिले उक्त पैसाको साढे तीन तोलाको सुन बनाएको आफुले बुझेको उनको भनाई छ । आफुले अहिले हिसाब गर्दा करिव १० लाख भन्दा माथी श्रीमतिले लिएर गएको रेशमले बताए । साथै आफुले किनेको जग्गा पनि श्रीमती कै नाममा भएको र दुबै बसेर कमाएको सबै उसैको खातामा हाल्दिने गरेकोले अहिले आफुसगँ केही बचत नभएको रेशम बताउँछन । सुन बनाएको भन्दा बाहेक अहिले नगद नै अढाई लाख जति लिएर गएको हुन सक्ने उनले बताए । साथै आफुले पठाएको कुनै हिसाब नदिएको उनको भनाई छ ।
उनिहरु बिदेश जान लागेको आफुले बुझेको उनले बताए । श्रीमतिले पनि पासपोर्ट बनाएको र बिदेश जान भनी काठमाडौ आएको तर के नमिलेर होला उनिहरु काठमाडौबाट नै भारत तर्फ लागेको उनको भनाई छ । अहिले आफू श्रीमतिलाई छोराछोरिको लागि पनि खोजी गरेको उनले बताए । यदि उसैसगँ बस्ने हो भने आफुले कमाएको पैसा फिर्ता गर्ने पर्ने रेशमले बताए । आफुले पठाएको पैसा घरखर्च कटाएर दिनु पर्ने उनको माग छ । साथै जग्गा पनि आफ्नो नाममा गर्दिनु पर्ने उनले बताए ।
भिडियो हेर्नुस :