काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।
कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
यस्तै, सन्जिब न्यौपाने भर्खरै नयाँ गित चर्को घाँम सार्वजनिक गरेका छन । सो गितमा आदरणीय गायक प्रदिप त्रिपाठी र गायिका देबी धर्तिले आबाज दिनुभएको छ । गितको गीत/संगीत प्रदिप त्रिपाठीले गरेका छन ।
गीतको भिडियोमा भने मोडल सन्जिता शाही,समीर न्यौपाने र सञ्जु पौडेलको अभिनय रहेको छन्। भिडियोलाइ बिपिन छेत्रीले सिनेम्याटोग्राफर गरेका छन भने सो भिडियोको निर्देशक कपिल लामा हुन् ।गि तले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित
हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :