श्रीमानले आफ्नै नाता पर्ने केटि लिएर हिँडेपछि पिठ्युँमा छोरा बोकी श्रीमान खोज्दै श्रीमती(भिडियो हेर्नुहोस्)


काभ्रे जिल्लाको भकुण्डेबेसि नजिकै घर भएकी बालकुमारी सेन्चुरी अहिले आफ्नो श्रीमान अर्कै लिएर हिडेको भन्दै खोजी गरिदिनका लागि मिडियामा आएकी छिन । बालकुमारीका अनुसार श्रीमानले आफ्नै नाता पर्ने अर्कै केटि लिएर अहिले फरार रहेको बताएकी छिन ।

अहिले आफ्नो र छोराछोरी बिचल्नी भनेको भन्दै उनले आफ्नो श्रीमान खोजी गर्न सहयोग गरिदिनका लागि भन्दै आफू मिडियामा आएको बताएकी छिन । अहिले आफुहरु भोकभोकै बस्नु परेको उनको भनाई छ ।बालकुमारीले आफ्नो श्रीमान कार्तिक १५ गतेबाट घर छोडेर सम्पर्क बिहिन भएको बताएकि छिन । घर छोडेर हिड्नु भन्दा केही समय अघि श्रीमानले नाता नै पर्ने एक महिलालाई बिबाह गरि ल्याए पछि आफुले प्रहरिमा उजुरी दिएको पनि बालकुमारीले बताईन ।

प्रहरिमा गएर छलफल गरे पछि श्रीमानले आफुले गल्ती गरेको भन्दै आफू छोराछोरी सहित बालकुमारीसगैँ बस्ने निर्णय गरेर घर आएको बालकुमारीको भनाई छ । त्यसरी घरमा आएको केही दिन पछि नै श्रीमान कार्तिकको १५ गते करिब बेलुकीको ५ बजे तिर घरबाट हिडेको उनले बताईन ।प्रहरिमा छलफल पछि घर आएर बस्दा पनि श्रीमान आफुसगँ भने नबोलेको उनले बताईन । आफुले पकाएको पनि नखामे उनको भनाई थियो । आफू बोल्न खोज्यो भने मसगँ बोल्ने बस्ने भए प्रहरी चौकी लैने थिनस भन्दै झगडा गर्ने गरेको उनले बताईन ।

श्रीमान घर छोडेर अहिले त्यही केटि सगैँ गएको उनले बताई । त्यो केटि भने आफ्नो सासुको दिदी बहिनी परेको छोरी भएको र त्यो केटिले पहिले बिबाह गरेको घर पनि श्रीमानको दाजु भाइ पर्ने भएको उनले बताईन ।श्रीमानको दिदी र सासू सगँ सल्लाह गरेर नै अहिले आफुलाई छोडेर श्रीमान हिडेको बालकुमारीले बताईन । आफू १२/१३ वर्ष कै उमेर ६/७ वर्ष अघि बिबाह गरेको भएता पनि अहिलेसम्म श्रीमानले कहिल्यै आफुलाई राम्रो नगरेको उनले बताईन ।

आफ्नो आमा सानैमा बितेकोले आफू अर्काको घरमा काम गरेर बस्दै आएको बेला गाउतिर पनि बिबाह गर बरु केही सुख पाउँछेस भनेकोले सानै उमेर केही नबुझेकोले उनिहरुले भएको ठिकै होला भनी आफुले भागेर बिबाह गरेको उनी बताउँछिन ।तर बिबाह पछि पनि कहिल्यै खुशी नपाएको उनले बताईन । आगु बिबाह गरि आउँदा श्रीमानका छिमेकिहरुले तैले यो सगँ दुख पाउछेर बरु अरु नै सगँ जा अहिले नै पछि छोराछोरी भए पछि गार्‍हो हुन्छ भनी भन्ने गरेको उनी बताउँछिन ।

तर आफुलाई भने एक चोटि बिबाह गरे पछि फेरि हिड्न हुदैन भन्ने लागेर नै बसेको उनी बताउँछिन । छोराछोरी भए पछि भने आफुले पहिलेदेखी नै दुख पाएको मान्छे दुख भोग्न सक्ने तर यी छोराछोरीले चै आफ्नो बाबा आमाबाट टाढा हुन नपरोस भनी बसेको उन्ज बताउँछिन ।

(भिडियो हेर्नुस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post