पोखरामा लागु औषधसहित दुई जना प'क्रा'उ परेका छन् । लागु औ'षध'को किनबेच गर्ने गरेको गो'प्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले अवैध लागू औ'षध'सहित दुई जनालाई छोरेपाटनबाट प'क्रा'उ गरेको हो ।
प'क्रा'उ पर्नेमा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका पौवेगौडे घर भइ पोखरा रामबजार बस्दै आएका २८ वर्षीय जोनी गुरुङ र तनहुँ शुक्लागण्डकी ढोरबाराहीका २६ वर्षीय पूर्णबहादुर गुरुङ रहेका छन् ।उनीहरुको साथबाट लागूऔषध डाईजापाम–९६ एम्पुल, नुर्फिन–९७ एम्पुल, फेनारगन–९६ एम्पुल र तीन वटा मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनीहरुलाई अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए ।