छोरो यसरी फ्यालेर आमा अरुसगै भागिन,बुवा सुस्त मनस्थिति ,हजुरआमाको हरिबिजोक कठै (हेर्नुस् भिडियो )

आमाको काखमा रमाउने उमेरमा छोरा फ्यालेर हिड्ने कस्ति आमा तिमी ।नातिलाई पालेर बसेकि हजुरआमा ,हजुरआमा पनि रुखबाट खसेर हिड्न नसक्ने भइन र दि शा पिसा ब एकैठाउमा भएसगै बिस्तारामै थन्किएकि छिन् ।

नाति डेढ बर्षको हुदा उनकि आमाले छोडेर गएको र अहिलेसम्म दुख सुख नातिलाई आफैले हुर्काएको हजुरआमा बताउनुहुन्छ ।

९ बर्षको उमेरमा बिवाह गरेकि हजुरआमा २४ बर्ष आफू भएपछि श्रीमानसग पनि छुट्टिन पुगिन ।श्रीमानले पनि छोडेर गएपछि हजुरआमाको एउटै सहारा छोरा थियो तर त्यो छोरो पनि बिस्तारै बिस्तारै सुस्तमनस्थितिको हुन पुग्यो ।एकातिर श्रीमानले छोडे अर्कोतिर छोरो सुस्त मनस्थितिको भैदियो र छोरोले बिवाह गरेको बुहारिले पनि छोडेर गइदिनुले आमालाई यो बुढेसकालमा ठुलै दुख पिर मर्का परेको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका स्थिति उक्त परिवार रहदै आएको छ ।हजुरआमा स्वस्थ्य हुदा त जसोतसो यो परिवारले आफ्नो जिविका गरेकै थियो तर अहिले हजेरआमा पनि थला परिन र आफ्नो छोरोको कुनै भर नभएको र नातिलाई अब कसरी स्याहार गर्ने भन्दै आमा दुखेसो गर्छिन् । यो परिवारलाई यस्तो बिजोक अवस्थामा छोडेर जाने त्यो बुहारिलाई छोरो र बुढि हजुरआमाको आँसु पक्कै लाग्ने छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post