काठमाडौं । रौतहटको गौर–चपुर सडकखण्डको गरूडामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनसार, ८ जना सवार उक्त कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । अन्य तीन जना भने घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते सबे जनाको हाल पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरूडाको टोली घटनास्थलमा पुगेका छन्।