पब्जीको लत, विवाहमै बेहुलीलाई भुलेर खेलमा व्यस्त (भिडियो


गत वर्षदेखि पब्जी अनलाईन खेलले विश्वभर लोकप्रियता हासिल गरेको छ। यस खेल खेलेरै मानिसले ज्यान गुमाएको, मानसिक समस्या देखिएको घटना सार्वजनिक भएका छन्।

पब्जी खेलले गम्भीर असर निम्त्याउने जन आवाजपछि भारतको गुजरातमा पब्जी खेलमाथि प्रतिबन्ध लागिसकेको छ। यसबीचमा भारतमा पब्जी खेल सम्बन्धी नै फेरि अर्को घटना सार्वजनिक भएको छ। विवाह समारोहमा खिचिएको टिकटक भिडियोमा बेहुलाले पब्जी खेल खेलिरहेको देख्न सकिन्छ।

सार्वजनिक भिडियोमा ती बेहुलामा कति पब्जी खेलको लत छ भन्ने प्रष्ट देख्न सकिन्छ। सारा मानिसलाई वेवास्ता गर्दै पब्जी खेलिरहेका छन्। उनले आफ्नो छेउमा बसेकी बेहुलीलाई समेत ध्यान दिएका छैनन्।

टिकटक भिडियो खिच्ने व्यक्तिले उनको नजिक गएर मोबाइललाई छोप्न खोज्छन्। ती बेहुलाले हतार हतार उनलाई हटाउँछन्। त्यसबेला बेहुली भने बेहुलाले चलाएको मोबाइल टुलुटुलु हेरिरेहेकी हुन्छे।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post