बाग्लुङ्गमा भेटियो अचम्मको जोडि,टुक्का हानेर ठाउँको ठाउँ लडाइदिने(भिडियो हेर्नुस

समाजिक संजालमा थुप्रै अहिले भाइरल हुने गरेका भेटिन्छन । आफ्नो कला मार्फत अहिले बागलुङ घर भएकी १३ वर्षकि सपना कुमाल निकै भाइरल भएकी छिन । सपना मिठा मिठा टुका 

जोडेर तत्काल गाउन र कसैसगँ दोहोरी खेल्नु पर्दा पनि तत्कालै जवाफ फर्काउन माहिर छि । उमेरले सानै भए पनि सपना लोकदोहोरी राम्रो सँगले आफै बनाएर तत्काल गाउन सक्छिन । आफुलाई सानै उमेर देखी गित गाउन धेरै रहर लाग्ने गरेको बताउँछिन । सपना पढाइको लागि घर छोडेर बाग्लुङकै एक बजारमा बस्छिन ।

सपना गित गाएर सबैलाई हअसाउँने र नचाउने गर्छिन । तुरुन्तै टुक्का जोडेर गित मार्फत फर्काउन आफू सक्ने सपनाको भनाई छ । आफुलाई यसरी खोज्दै आएको र आफुले आफ्नो प्रतिभा देखाउन पाएकोमा मिडियालाई पनि सपनाले धन्यवाद दिएकी छिन् । मिडिया सपना भएको स्थानमा पुग्दा त्यहा सपनासँगै गित गाउने अन्य थुप्रै साना नअनि बाबुहरु पनि थिए । सपनाले बेला बेलामा गित गाउन रोकिदा साथिहरुले सिकाउने पनि गर्दथे । आफुले गित गाएको सुन्दा सबै मान्छेहरु छमछमी नाच्ने गरेको सपना बताउछिन ।

त्यही सपनासगैं उनी जस्तै अर्का गित गाउने भाइ पनि भेटिए । बागलुङ घर भएका १३ वर्षका ति अभिषेक परिवार पनि सपना जस्तै एकदमै मिठो गित गाउथे । उमेरले सानो भएनी टुका जोडी जोडी गित गाउन उनी सपना जत्तिकै माहिर रहेछन । सपना सगै कक्षा ७ पढ्ने अभिषेकलाई पनि गित गाउन धेरै मन पर्ने बताए । आफू पनि सानै उमेर देखि गित गाउन थालेकी उनी बताउँछन । उनिहरुको समुहमा भेटिएका अन्य सबैले राम्ररी गीत गाउन सक्ने रहेछन । उनिहरु एउटै लयमा सगैँ पनि गित गाउन सक्ने रहेछन ।

आफुहरुलाई स्थानिय आफ्ना ठुला मान्छेहरुले बोलाएर गित गाउन लगाउने गरेको उनिहरु बताउँछन । तर अहिलेसम्म कुनै प्रतियोगिता तथा कार्यक्रममा भने आफुहरुले गित गाउने मौका नपाएको सपनाले बताईन । यदि त्यस्तो मौका मिले आफू गाउन सक्छु भन्ने लागेको सपना बताउँछिन । लोकदोहोरी गायकहरुसगँ आफुलाई दोहोरी गाउन मन भएको सपना बताउँछिन । यस्तै अभिषेक पनि आउहरुले मौका पाए गित राम्रो सगँ गाउने बताउँछन । आफुहरु इन्द्रेणी पनि हेर्ने गरेको बताउँछन ।

मिडियाको टोलि उनिहरुसगँ पुग्दा सपना र अभिषेकले दोहोरी गाएर मज्जाले सुनाएका थिए । उनिहरु एक अर्कासगँ दोहोरी खेलेका थिए । उनिहरुकी दोहोरी गायन कुनै गायकको भन्दा कमि थिएन । तत्काल तुक्का जोडेर सवाफ जवाफ दोहोरी गित मार्फत नै दिन सक्ने उनिहरु दुबैमा राम्रो खुबी थियो । त्याहा भएका सबैलाई उनिहरुको रमाइलो दोहोरिले छमछमी नचाएको देख्न सकिन्थ्यो । आफुहरुलाई कुनै ठूलो कार्यक्रममा दोहोरी गाउन मन भएको उनिहरुले बताए । साथै पछि गएर गायक बन्ने सपना रहेको उनिहरु बताउँछन ।

भिडियो हेर्नूस् )

Post a Comment

Previous Post Next Post