होस खुल्दा यात्रुहरू कराइरहेका थिए : कोही बसले च्यापिएका थिए !


जाजरकोटमा बस दुर्घटना हुँदा ६ जनाको मृ'त्यु भएको छ। बाक्लो हुस्सु लागेका बेला तीव्र गतिमा बस चलाउँदा शनिबार राति ना ६ ख २७५७ नम्बरको रात्रीबस बराहचौर नजिक राति २ बजे दु'र्घ'ट'ना भएको हो।

उक्त बस नेपालगन्जदेखि राडीबजारका लागि जाँदै थियो। दु'र्घ'ट'ना'मा परी जाजरकोट कुेशेकी १८ वर्षीया अनिला नेपाली, रुकुमपश्चिमको आठबिसकोटकी २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी ४ वर्षीया छोरी दिव्या शाहीको मृ'त्यु भएको छ। त्यस्तै, जाजरकोटको नलगाडका २६

वर्षीय शेरबहादुर परियार, सप्तरीको राजविराज नगरपालिका घर भएका ४० वर्षीय गंगाराम यादव र कुशे–९ का ३५ वर्षीय वीरबहादुर नेपालीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए। ‘पुरै हुस्सु लागेको थियो, अगाडि बाटो केही पनि देखिएको थिएन,’ बस चालक चित्रबहादुर देनारले भने, ‘अगाडि स्याल आएको जस्तो देखियो एक्कासि गाडी पल्टिहाल्यो।

 दुर्घटनामा उनी पनि घाइते भएका छन्। प्रहरीका अनुसार बस सडकबाट दुई सय मिटर तल खसेको छ। राति नै प्रहरी नायब उपरीक्षक थापाको कमान्डमा गएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको हो। प्रहरीले घुमाउरो बाटो, बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको जनाएको छ।

गाडीका सबै यात्रु निदाएका थिए। एक्कासि ठूलो आवाज आयो,’ दुर्घटनामा घाइते शेरबहादुर खत्रीले भने, ‘होस खुल्दा यात्रुहरू कराइरहेका थिए। कोही बसले च्यापिएका थिए।’ यात्रुले भने चालक निदाएकाले दुर्घटना भएको आशंका गरेका छन्। बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकोप्टरबाट र ९ जनालाई गाडीबाट थप उपचारका लागि नेपालगन्ज पठाएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post