काठमाडौं : यस साता नेपाली बजारमा सुनको भाउमा निरन्तरको गिरावट देखिएको छ। साताको चौथो दिन आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बजारमा सुन केही दिनदेखि घट्दै आइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँमा झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेको हो।