मोबाइल धेरै नचलाउ छोरि भनेर आमाले गाली’ गरेपछि दुई छोरीले लिए यस्तो गम्भीर निर्णय


आधुनिक एवम् व्यस्त जमानामा बालबालिका तथा किशोररकिशोरीलाई सम्हाल्नु तथा उचित मार्गदर्शन दिनु अभिभावकका लागि साह्रै गाह्रो काम बनेको छ । पुराना जमानाका अभिभावकका लागि हालका बालबालिका र किशोररकिशोरीको रेखदेख एउटा ठूलै चुनौती छ ।

अहिलेका बालबालिका यति स्मार्ट बन्दै गएका छन् कि उनीहरुमाथि सही निगरानी नराख्ने हो भने गलत बाटोमा जानसक्ने सम्भावना बढ्छ । त्यही मेसोमा आमाले केही शव्दले ‘सम्झाउँदा’ सहन नसक्ने, घुर्की लगाउने अनि घरै छाडेर हिँड्ने विकृति समाज अनि घरपरिवारमा बढ्दो छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पछिल्लो समय यस्ता घट्ना बढ्दो अबस्थामा छन् । घरपरिवारका ठूला सदस्यले गा ली गरेकै सानो निहुँमा पनि किशोर÷किशोरीहरु घर छाडेर हिँड्ने र लामो समय बे पत्ता हुने घटना आउने गरेको प्रहरीको भनाइ छ।

शनिबार प्रहरी कार्यालयमा भेटिए बे पत्ता दुई बहिनीका दाजु सुवास स्यांतान । कुरा उही हो–घरमा आमाले ठूलो स्वर गरेको भरमा उनीहरुले घर नै छाडे । पूर्वी मकवानपुरको बकैया गाउँपालिको वडा नम्बर–४, सानोथलीबाट दुई किशोरी कार्तिक ११ गतेबाट बेपत्ता भए ।१८ वर्षीया सुनिता र १२ वर्षीया चरीमाया बेखबार भएका छन् । नाताले उनीहरु काका/ठूलाबाबुका छोरी हुन् । घरबाट बे पत्ता भए पनि फोन सम्पर्कमा रहेका उनीहरु तीन दिनदेखि भने सम्पर्कविहीन रहेको दाजु सुवासले जानकारी गराउनुभयो ।

सुवासका अनुसार सुनिता घरमा फोनमा निकै नै व्यस्त हुने र घरमा आमालाई सघाउनसमेत मन गर्थिनन् । ‘सुनिता एसईईको तयारीमा लाग्नुपर्नेमा सधैं फोनमा व्यस्त भइरहँदा आमाको ध्यान सुनिताको दैनिकी, आनीबानीमा गयो,’ सुवासले भन्नुभयो–यसरी जिन्दगी अघि नबढ्ने बताउ“दै आमाले पढ्न र घरको काम सघाउन आग्रह गर्दा बहिनीले घर नै छाडेर हिँडेको र साथमा बहिनीसमेत लगिन् ।आमाले बहिनीको भविष्यको चिन्ता गर्दै सुझाएको भरमा घर छाडेर जानु उपयुक्त नभएको सुवासले बताउनुभयो ।

बीचमा सम्पर्कमा हु“दा कहिले चन्द्रपुर त कहिले बीरगञ्जमा भाँडा माझ्ने काम गरिरहेको बहिनीहरुले बताएको सुवासले स्मरण गर्नुभयो । त्यस अवधिसम्म पनि परिवारलाई घर छाडेर हिँडेको एक/दुई दिनमा फर्किहाल्छन् भन्ने लागेको र ठक्कर खाएर आउँछन् भन्ने आशमा प्रहरीलाई खबर गर्न जरुरी सम्झेनन् । तर, एक्कासी तीन दिनदेखि उनीहरु सम्पर्कविहीन रहे ।समाजमा भइरहेका आपराधिक घटनालाई सम्झेर दुई किशोरीका परिवार अत्तालिए ।

तीन दिनदेखि सम्पर्कविहीन भएपछि सुवासले बकैया–३ स्थित प्रहरी कार्यालय हात्तीसुँडेमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा शनिबार निबेदन दिनुभएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार घरबाट बेपत्ता हुनासाथ प्रहरीलाई खबर गरिदिएको भए सहज हुने थियो । घटना भएको ताजा अबस्थामै अ'नु'सन्धान गर्न आफूहरुलाई सहज हुने उहाँले बताउनुभयो । उहाँले त्यतिबेलै खबर भएको भए घटनाबारे तत्काल एक्सन लिन सकिने सहज हुने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–घरमा अभिभावकले छोराछोरीलाई सम्झाउने हिसाबले बोल्नुपर्छ । बालबालिकालाई हरेक कुरामा रोकतोक गर्नुहुँदैन । उनीहरुलाई केही कुरा सम्झाउनै पर्नेछ भने एकान्तमा प्रेमपूर्वक सम्झाउनुपर्छ । साथीभाइका अगाडि गाली गर्ने, कराउने, झपार्ने काम गर्दा उनीहरु अटेरी हुनुका साथै उनीहरुमा अभिभावकप्रतिको प्रेम एवम् सम्मानसमेत घट्दै जाने प्रनि सापकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ–कतिपय आत्महत्या, बेपत्ताका घटना परिवारकै सदस्यले गालीगलौज गरेको भरमा हुने गरेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post