प्युठान। टिपरको ठ’क्करबाट प्युठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृ’त्यु भएको छ ।मृ’त्यु हुनेमा प्युठान नगरपालिका – ३ घुर्चनेका ३५ बर्षिया अमृत थापा र उहाका ४ बर्षीया छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
चकचकेबाट बिजुवार तर्फ जाँदै गरेको ना.८ ख ३९०३ नम्बरको टिपरले रा. १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवि गाउँपालिका-५ स्थित चकचके – चेरनेटा सडकखण्डमा ठ’क्करदिँदा उनिहरुको घट्’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । उनिहरु जुम्रीबाट अटो रिजर्व गरेर स्वर्गद्वारी तर्फ जाँदै थिए।दु:र्घटनामा अटोमा सवार अन्य चार जना घाई’ते छन।घाइतेहरुमा प्युठान नगरपालिका – ३ बस्ने बर्ष ८ कि दुर्गथापा, ३० बर्षिया पुनम थापा , १६ बर्षिया विपना थापा र १० बर्षिया शुष्मा थापा रहेका छन । उनिहरुको जिल्ला अ’स्पताल बिजुवारमा उ’पचार भईरहेको छ।
प्रत्यक्षदर्शीका अनुसार अटो अ’नियन्त्रीत भई पल्टिदा बिपरित दिशाबाट आउदै गरेको टिपरले कि’चेर दुई जनाको मृ’त्यु भएको हो।दु’र्घटनाका सम्बन्धमा थप अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।