शिक्षिकाले पढाउँदै गर्दा अचा’नक शिक्षामन्त्री पौडेल कक्षाकोठामा छिरेपछि….

पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालयमा आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गर्नुभयो ।

मन्त्री आउने पूर्वजानकारी नभ’एकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भ’एन ।मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षाकोठामा प्रवेश गरे। माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै थिए शिक्षिका प्रिति ढकाल । नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे ।

विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षामन्त्री पौडेलले विद्यालयमा पढाइका विषयमा विद्यार्थीलाई सोध्नुभयो । गृहकार्य गरे/नगरेका बारेमा जिज्ञासा राख्नुभयो । सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधँै समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताए ।

मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरुले मानेर अनुशा’शित हुन आ’ग्रह गर्दै केही समयमै कक्षाकोठाबाट बाहि’रिनुभयो । राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उनले विद्यार्थीलाई भने ।

शिक्षा क्षेत्रको प्रमुख निय’मनकारी निकाय र सामुदायिक शिक्षा सु’धार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलले आक’स्मिक विद्यालय नि’रीक्षण गर्दा विद्यालयका कसैलाई पूर्वजानकारी दि’एनन् ।

मन्त्री पौडेल एक्का’सी विद्यालय निरी’क्षणमा निस्किँदा र पछि मात्र मन्त्री आएको जानकारी पाएपछि शिक्षक विद्यार्थीले अच’म्म माने । शिक्षिका ढकालले भने, ‘शिक्षामन्त्री विद्यालय आउनेबारेमा स्कुलमा कसैलाई पनि जानकारी थि’एन । अन्य बेला पनि भिजिटर आउनुहुन्थ्यो, त्यही भएर कोही आउनुभयो होला भन्ने सुरुमा ठानेको थिएँ । शिक्षामन्त्री नै कक्षा कोठामा पाएपछि त अ’चम्म भयौँ ।

शिक्षामन्त्री पौडेलले विद्यालयमा जि’म्मेवारी पाएका शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढङ्गले जि’म्मेवारी नि’र्वाह भए नभ’एको बुझ्ने र शैक्षिक सम’स्याका बारेमा सरोकार भएकासँग जानकारी लिनका लागि आक’स्मिक विद्यालय निरी’क्षण गरिएको बताए

राजधानी काठमाडौँका केही विद्यालयमा पनि यसअघि यस्तै प्रकृतिको आक’स्मिक नि’रीक्षण गरिएको जानकारी दिँदै उनले भने, ‘शिक्षक कक्षा कोठामा छन् कि छैनन् ? विद्यार्थीले पढेका छन् कि के छन् भनेर आ’कस्मिक नि’रीक्षण सुरु गरेका छौँ । यसबाट कम’जोरी फे’ला परेका खण्डमा सम्बन्धित व्यक्ति वा संस्थालाई सुधारका लागि आ’ग्रह गर्ने गरिएको छ ।

मन्त्री पौडेलले सामुदायिक विद्यालयमध्ये राम्रो पढाई भएका र कम’जोर पढाई भएका गरी दुई श्रेणीमा विभा’जन गरी नि’रीक्षण गरेर शिक्षण, विधि, प्रशासनिक अवस्था लगायत बारेमा अध्ययन गर्ने गरिएको जानकारी दिए ।

मन्त्री पौडेलले शिक्षक विद्यार्थी अनुपात, भौतिक पूर्वाधार र शैक्षिक वातावरणका बारेमा जानकारी लिएका थिए 

विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले शिक्षामन्त्री नै आएर नि’रीक्षण गर्दा आफूहरू गौर’वान्वित भएको बताए । विद्यालयलाई सम्झेर विद्यालय परिसरभित्र मन्त्री प्रवेश गरेर उनलाई अवस्थाका बारेमा जानकारी गराउँदा खुशी लागको उनले बताए ।

उनले भने, ‘मन्त्रीलाई विद्यालयको समग्र प’क्ष, शैक्षिक प्रगतिसहित विद्यालयका सम’स्याका बारेमा राख्ने अवसर मिल्यो । शिक्षक दरबन्दी स’मस्या समाधानमा उहाँले पहल गर्नुहोला भन्ने विश्वास छ ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post