मोजा गन्हाएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी सुझाव


खुट्टा गन्हाउने समस्या विदेशतिर ‘खेलाडीको समस्याको रुपमा मा लिइन्छ । तर, यो समस्या खेलाडीको मात्रै हैन ।

पानी तथा हिलोमा काम गर्ने व्यक्तिमा खुट्टा गन्हाउने समस्या बढी देखिए आम मानिसमा पनि यस्तो समस्या हुन्छ । गन्हाउने समस्या फङगसबाट हुन्छ ।

खुट्टा तातो भएर पसिना आउँदा फङगस उत्पन्न हुन्छ । जसका कारण गन्हाउन सुरु हुन्छ । यो समस्या भइसकेपछि ३–४ हप्तासम्म ध्यान दिनुपर्छ । यसका लक्षणहरू विशेष गरी खुट्टाको औंलाको कापमा र छालामा चिरा पर्ने, फोका निस्की पानी भरिएर फुट्ने र पोलिरहने पनि हुन्छ । यस्तो बेलामा केही उपाय अपनाएर समस्या केही कम गर्न सकिन्छ।

खुट्टाको स्याहार गन्हाउने समस्या भएका बेलामा खुट्टामा जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका साना चिरा दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ ।

नुन पानीले फङगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । साथै यसरी भिजाउँदा छाला केही नरम हुन्छ र फङगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ।

खाने सोडाको प्रयोग यो समस्या देखापरेपछि खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केहीबेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ।

रेको छाला हटाउने यो समस्या भएमा डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनुपर्छ । किनभने यसबाट फेरि संक्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा ब्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेषगरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ।

जुत्ता ओभानोरसुख्खा पारेर लाउने यस्तो समस्या पर्ने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेषगरी गर्मीयाममा त जुत्ताभन्दा चप्पल÷स्लीपर जुत्ता लगाए नै वेश हुन्छ।

जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ।

सूतीको मोजाको प्रयोग मोजा गन्हाउने र हिलो उछ«ने जस्ता समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकि त्यसमा फङगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगन्हाओस्।

खुट्टा सुख्खा राख्ने

नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टाका काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ । यसले पसिना आउन कम गर्छ र फङगस पनि केही कम हुन्छ।

चप्पलको प्रयोग

स्वीमिङ पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ किनभने यस्तो ठाउँबाट फङगस सर्ने बढी सम्भावना हुन्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post