सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।
ढुंगाको काप फोडेर पनि उम्रिन्छ पिपल भनेजस्तै आफुमा एक अथाहा इच्छाशक्ति यदि छ भने जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो चाहा र इच्छा पूरा हुने र भएको हामिले धेरै उदाहरण देख्दै र सुन्दै आएका छौ ।हो त्यस्तै नै एक उदाहरण बनेकि छिन् सोनु मोक्तान जो मिस्त्रि लेबर काम गरेर टिकटक बनाउने गर्छिन् र उनका भिडियोसगै उनी यत्रतत्र सर्वत्र नै भाइरल छिन् ।
सोनुको उत्कृष्ट नाचको जो कोहि पनि फ्यान हुन्छ । उनी आफ्नै देशमा आफै पसिना बगाएर आफ्नो जिविका चलाउदै आएकि छिन् ।टिकटक बनाउन आफ्नो श्रीमानको पनि आफुलाई सहयोग र साथ भएको उनी बताउँछिन् । कुनै पनि काम सानो ठूलो नहुने र आफ्नै देशमा यसरी पसिना बगाए पैसा नकमिने पनि हैन ,पैसा पनि कमिन्छ र सोचेका चाहा इच्छा आकाङ्क्षा पनि सामान्यता भए पनि पुरा गर्न सकिने उनी उदाहरण हुन् ।
हेर्नुहोस् भिडियो