विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं / नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२१ रुपैयाँ एक पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ७४ पैसा र बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ७४ पैसा र बिक्री दर १६० रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३४ पैसा र बिक्री दर १३० रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४४ पैसा र बिक्री दर ८५ रुपैयाँ ८७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ २६ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्री दर १० रुपैयाँ ६५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ १ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ १० पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ सात पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post