रुकुम पश्चिम घर भएका दिपक बोहोरा अमेरिका जान भनी घरबाट हिडेका थिए । अमेरिका जान भनी हिडेका रुपक बोहोरा अफ्रीकी मुलुक घानासम्म पुगेका थिए । तर उनी त्यहाबाट उता जान भने सकेनन् ।
उनी घाना पुगेपछी बिरामी परेको भन्ने बुझिएको छ । तर उनी बिरामी परेको भन्ने खबर त्यो बेला कसैले घरमा गरेन । एक्कासी रुपकको मृ’त्यु भए पछि मात्र खबर आयो घरमा । उनले केही दिन अघि मात्र घरमा फोन सम्पर्क गरि आफू अमेरिका जाने फिक्स भएको बताएका थिए ।
मृ’त्यु हुनु भन्दा केहि दिन अघि फोनमा कुरा भएको उनको श्रीमतिले बताईन । रुपकले आफू अमेरिका जाने फिक्स भै सकेको भन्दै अब हाम्रो दुख का दिन गए । छोराछोरीलाइ पनि राम्रो स्कुलमा पढाउने भन्दै श्रीमानले आफुलाई बताएको उनकी श्रीमती सुनाउँछिन । उनका ९ महिनाकी एक छोरी र अढाई वर्षका एक छोरा छन । उनकी श्रीमती भने अहिले तिनै छोराछोरी बोकेर रु’दैँ आफ्नो श्रीमानको श’व कहिले घर आइपुग्ला र श्रीमानको मुख अन्तिम पटक हेरौँला भने बसेकी छिन
रुपक घरबाट करिव ९ महिना अघि हिडेका थिए । तर करिव ११ दिन अघि उनको मृ’त्युको खबरले श्रीमति गिता पुरी अ’चेत हुँदै बौरिदै गरेकी छिन । अहिले कक्षा १२ उत्तीर्ण गरेकी गिता श्रीमानले आफुलाई पढ्न दिएको तर अब भने त्यो पनि रोकिएको उनी बताउँछिन । अब घर ब्याबहार सबै आफैले हेर्नू पर्ने भएकोले आफुलाई पढ्न इच्चा हुदाँहुदै पनि पढ्न नसक्ने उनले बताईन । अब यी भएका दुई छोराछोरीलाई हुर्काउन पढाउन नै समस्या हुने उनले बताईन । ४ वर्ष अघि गिताले रुपकसगँ प्रेम बिबाह गरेकी थिइन ।
अब श्रीमानको श’ब घर ल्याउने कार्यका लागि सबैले सहयोग गरिदिए आफुलाई केही राहत हुने गिता बताउँछिन । त्यति मात्र नभै अब घरमा भएका छोराछोरी र घर परिवारको पनि जिम्मा आफुकहाँ आएकोले त्यो कसरी सम्माल्न सकिएला भन्ने आफुलाई लाग्ने गरेको उनले बताईन । सबैले जे नहुनु थियो भयो तर अब घर परिवार र छोराछोरीका लागि पनि आँ’सु बगाएर होइन केही गर्ने हिम्म्त गर्नु पर्छ भनि बुझाउने गरेको उनी बताउछिन । अब ४० लाख ऋण कसरी तिर्ने भन्ने अर्को समस्या परेको उनी बताउँछिन ।
हेर्नुहोस् भिडियो