टिकटकमा कसरि हुन्छ कमाई ? अनि कति छ मूल्य ? हेर्नुहोस सम्पुर्ण विवरण

काठमाडौं । वर्तमान समयमा सामाजिक सञ्जाल आम्दानीको राम्रो माध्यम बनेका छन् । युट्युव, फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक लगायतका सामाजिक सञ्जालका कन्टेन्ट क्रियटरहरुले राम्रै आम्दानी गरिरहेका छन् ।

छोटो समयमा नै राम्रो लोकप्रियता कमाउने माध्यम बनेको छ, टिकटक । सामाजिक सञ्जालमा आजभोलि हामीले टिकटकबाट पैसा कमाउन सकिने बारे धेरै सुनेका छौं । टिकटकबाट केका आधारमा पैसा कमाइन्छ भन्ने जिज्ञासा तपाईंलाई पनि पक्कै होला ।

टिकटक प्रयोगकर्ताले टिकटक क्वाइन खरिद गरेर लाइभ स्ट्रिम गर्नेहरुलाई गिफ्ट सपोर्ट गर्छन् । त्यही गिफ्टका आधारमा लाइभ स्ट्रिम गर्नेहरुले पैसा कमाउँछन। आजकाे लेखमा हामी यही विषय समेट्दै छाैं ।

के हो त टिकटक क्वाइन ?

टिकटक क्वाइन भनेकाे टिकटकभित्रकै एक करेन्सी हाे, जसलाई पैसाले किन्नुपर्ने हुन्छ । टिकटकमा कन्टेन्ट क्रियटरलाई लाइभ स्ट्रिममा यिनै क्वाइनले गिफ्ट किनेर सपोर्ट गरिन्छ ।

प्रचलित विनिमय दरमा निर्भर हुँदै क्वाइनको फरक मूल्य हुन सक्छ । यसको सम्पूर्ण स्वामित्त्व भने टिकटक कम्पनीसँग रहन्छ ।

कति छ त टिकटक क्वाइनको मूल्य?

देशको मुद्राको बजारमूल्यमा आउने परिवर्तनका आधारमा टिकटक क्वाइनको मूल्य पनि उतारचढाव भइराख्छ । देशअनुसार गिफ्टको मूल्य पनि फरक- फरक हुन सक्छ ।

हाल न‍ेपालमा टिकटक क्वाइनको मूल्य (अमेरिकी डलर अनुसार) कति छ ?

  • १०० क्वाइन - रु. १५६.२६
  • ५०० क्वाइन - रु. ७८६ .०६
  • २००० क्वाइन - रु. ३२६८ .९९
  • ५००० क्वाइन - रु. ६७८१ .४४
  • १०००० क्वाइन - रु. १६,३४९ .८१

तपाईंले लाइभ स्ट्रिम गर्नेहरुलाई गरेको गिफ्ट क्रियटरलाई डायमण्डको रुपमा जान्छ । क्रियटरलाई गिफ्ट गर्दा क्वाइन डायमण्डमा परिवर्तन हुन्छ । डायमण्डले क्वाइनको ५० प्रतिशतमात्र मूल्य पाउँछ ।

टिकटक गिफ्टका प्रकार

  • पाण्डा - ५ क्वाइन
  • इटालियन ह्याण्ड - ५ क्वाइन
  • लव व्याङ्ग - २५ क्वाइन
  • सन क्रीम -५० क्वाइन
  • कन्सर्ट - ५००
  • ड्रामा क्वीन - ५००० क्वाइन

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post