डि इस्क्वायर मेनपावर जो एयर्पोटको नजिकै रहेको छ ।उक्त मेनपावरको संचालिका दिव्या थापा जस्ले भिजिट भिसामा एकजना युवकलाई दुबइ पठाएर उनले काम गरेको लगभक आठ महिनाको तलव र लगभक
डेढलाख रुपैया लागत खर्च सहित केही नदिएको र ती युवकलाई उद्वार समितिले भर्खरै उद्वार गरेपनि उनले पाउने पारिश्रमिक र खर्च नदिएको संदर्वमा उक्त मेनपावरले आफुले पैसानै नलिएको र आफुले उनलाई नपठाएको भन्दै सरोकारको बिषय आफ्नो नभएको भन्दै दिब्या जो उक्त मेनपावरको संचालिका हुन उनैले यशो भनेपछि हातहालाहालको स्थितिनै आएको हामी देख्न सक्छौ ।
उक्त मेनपावरमा बारम्बार गएपनि कहिले ढोकानै नखोल्ने त कहिले मिल्ने भनेपनि नमिल्ने र पटकपटक आश्वासन मात्रै दिरहदा उक्ता मुद्दाले कानुनि स्वरुप लिएको र आफ्नो पैसा नपाउन्जेल आफू मेनपावरमा नै धर्ना बस्ने उक्त पिडित श्रमिकले जिकिर गरेका छन् ।त्यति मात्रै हैन आफुसग गएको टिकटसहित सम्पूर्ण प्रमाण भएको तर पनि आफुलाई दबाउन खोजिएको उनी बताउँछन् ।
हाम्रा नेपाली दाजुभाई यसरी नै ठगिने र सोझासिधा जनतालाई मेनपावरले मनोमानि गर्दै आफ्नो शक्ति र पौचको भरमा नेपालिलाई नेपालिलेनै यसरी किच्ने थिच्ने गरेको घ टना यो नौलो भने हैन । उक्त बिषयमा न्यायिक लडाइ लड्नुपर्ने र पिडितले न्याय पाउनुपर्ने र दोषि उपर कार्वाही गरिनुपर्ने हामी जोडदार माग गर्दछौ ।
हेर्नुस् भिडियो सामाग्री