वानेश्वरबाट खतरनाक महिला पक्राउ थाहा पाउँदा अच्चम पर्नु हुन्छ



कोहाल घोराही बस्दै आएकी ५० बर्षीया दिल कुमारी सेन रहेकी छिन्।

२०७१ चैतमा काठमाडौंको धोवीखोला स्थित सिम्रिक पुल मुनि टाउकोमा चोट लागेको अवस्थामा ४८ बर्षीय पुरूषको लाश फेला परेको थियो।

अनुसन्धानका क्रममा मृतक दाङको तुलसीपुर घर घई काठमाडौंको थापागाँउ बस्ने द्रोण बहादुर सेन रहेको खुलेको थियो। त्यस पश्चात् थप अनुसन्धान गर्दा मृतकलाई ईट्टाले टाउकोमा प्रहार गरी हत्या भएको खुल्न आएको थियो। सो घटना पश्चात फरार रहेका मुख्य अभियुक्त रामेछापका ५४ बर्षीय भिमे सार्कीलाई प्रहरीले १ बर्ष अघि पक्राउ गरेको थियो।

सोही मुद्दामा फरार रहेकी मृतककी श्रीमती दिल कुमारी सेनलाई गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले ७ बर्षपछि वानेश्वरबाट पक्राउ गरको प्रहरीले जनाएको छ 

सेनलाई गोप्य सूचनाको आधारमा मिति मंगलबार दिउँसो पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरमा पठाएको माहाशाखाले जनाएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post