धनुषाका एक युवकले सुसाइड नोट लेख्दै ससुरालीमा आ – त्मह – त्या गरेका छन्। मिथिला नगरपालिका वडा नम्बर २ का २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति ससुराली घरमै आ -त्मह -त्या गरेको प्रहरीले जनाएको छ।
ग -म्भीर अवस्थामा उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्ने क्रममा बाटैमा उनको मृ-त्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। महतोको खल्तीमा सुसाइड नोट फेला परेको छ।
उनले सुसाइड नोटमा आफूलाई सुसुरालीका सबै सदस्य मिलेर सोमबार नि -र्घा -त कु -ट पि -ट गरेकाले आफ्नो मृ-त्यु भए त्यसको जिम्मेवार ससुरालीको परिवारै हुने लेखेका छन्।
म रामचन्द्र महतो, म आफ्नो पूरै होस् हवासमा लेख्दै छु कि मेरो यदि कुनै कारणवश मृ-त्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरूको हुने छ’, उनले सुसाइड नोटमा लेखेका छन्, ‘किनकि मलाई उनीहरूले मिति २०७८।७।२९ गतेका दिन बेलुकातिर सबै जना मिली कु -टेको छ र ट -र्चर गरेकोले मलाई यसले धेरै मन दुख्ने गाली गरेकोले म आ – त्म ह – त्या गर्न गइरहेको छु।’