कसैको विवाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।
तर भारतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मासुसँग लिट्टी नदिएको आरोपमा बिहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको नरकटियामा लडाँई भएको छ ।उक्त लडाँईमा एक जनाको मृ,त्यु पनि भयो ।जानकारी अनुसार तीन जना ग,म्भीर घा,इते भएका छन् । मृ,तकको पहिचान राजेन्द्र सिंहका रुपमा भएको छ ।
उक्त घ,टनामा घा,इते हुनेहरुमा राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंहलाई रहेका छन् ।शुरुमा उनीहरुलाई उपचारका लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरियोे ।