स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं ९ मा एउटा परिवारको निकै बिजोग भएको छ ।छोराहरू जन्मिए र उनीहले सुख देलान् भन्ने आशा थियोे ।
तर अहिले दुवै छोराहरू अ पांग भएपछि आमाबुबाको बिजोग भएको छ ।धुर्वलाल कुमाइ र फुलमाया कुमाइ नाम गरेका बुढाबुढीको जम्मा ५ जना छोराछोरी थिए ।३ जना छोरीको विवाह भयो भने अन्य २ जना छोरा अ पांग भएर बसेका छन् ।अरुका छोराहरू निकै स्वास्थ भएर हिडेको देख्दा आफ्नो मुटु कटक्क खाने गरेको उनीहरू बताउँछन् ।२
२ र १६ वर्षका छोराहरूको यस्तो हालत भएको हो ।आफैंले दुख गरेर छोराको स्याहार गर्नु परेको उनीहरूको गुनासो छ ।आफुलाई पालेर खान दिने आशा गर्दा आफैले छोराहरुलाई दुख गर्नु पर्दा र पछि आफू मरेपछि छोराछोरीको दुख सम्झेर उनीहरू भक्कानिने गर्दछन् ।
भिडियो हेर्नुस् :-