आपसी वि’वाद हुँदा ज्वाइँले ल’गाए स सु राली घरमा आ’गो


वीरगञ्ज– आपसी विवाद हुँदा शनिबार बिहान बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिएका छन्। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ परासी टोलमा ससुराली आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलका ३३ वर्षीय धीरेन्द्र पटेलले आ’गो लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

परासी टोल निवासी कृष्णदेवी कुर्मीको फुसको घरमा उनका बहिनी ज्वाइँ पर्ने पटेलले आपसी विवाद हुँदा पेट्रोल छर्केर आ’गो लगाइदिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। रक्सी से’वन गरेर ससुराली गएका पटेलले परिवार भित्रै वि’वाद हुँदा रिसको झोकमा आएर आगो लगाएको मिश्रले बताए। प्रहरीका अनुसार आगोले घरभित्र रहेको लत्ताकपडा, भाडाकुँडा र अन्नपात, खाद्यान्न जलेर नष्ट हुँदा ५० हजार बराबरको क्ष’ति भएको छ।

आगो स्थानीयबासीको सहयोगमा निय’न्त्रणमा लिइएको थियो।आ’गो लगाएपछि पटेल फरार भएका छन्। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।****समर्पण खबर ** विभिन्न भिडियो हेर्न तल क्लिक गर्नुहोस***

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post