कुवेतमा ४ वर्षदेखि बन्धक बनाइएकी चेलीको घर पुग्दा यस्तो देखियो,छोराछोरी रु दै आमा खोज्दै छन् (भिडियो हेर्नुस्)


मकवानपुरकि सृजना करिव ४ वर्ष अघि वैदेशिक रोजगारीका लागि कुबेत गइन । दुई वर्षको भिसामा कुबेत पुगेकी उनी कुबेतको एक घरमा अहिले बन्दक बनेको बताउछिन । 

आफ्नो भिसाको समय दुई वर्ष मात्र भएता पनि अहिलेसम्म नेपाल नपठाएको उनले बताएकी छिन । दुई वर्ष अघि घर पठाइदे भन्दा कोरोनाका कारण बन्द भए पछि आफू यतै रोकिएको उनले बताईन । तर लकडाउन खुले पछि पनि आफुलाई नपठाएको उनको भनाई छ । अहिले भने आफुलाई मोबाइल नम्बर पनि प्रयोग गर्न नदिएको उनको भनाई छ ।

आफू कुबेत पुगेको दुई तीन महिना देखि नै विभिन्न यातना दिन थालेको सृजना बताउँछिन । आफुले त्यही बेला कि नेपाल पठाईदे कि अरु तिरै आफू काम गर्ने भन्दा उनिहरुले झन आफुलाई मोबाइल पनि प्रयोग गर्न नदिएको उनले बताईन । यहाँ नबसे आफुहरु अर्कै घरमा पठाईदिने र त्यहा झन धेरै कुटपिट गर्ने र तलब पनि नदिने भन्ने गरेको उनले बताईन । घर पठाईदे भन्दा केही महिना पछि पठाइदिन्छु भन्दा भन्दै अहिले ४ वर्ष बितिसकेको सृजनाको भनाई छ

मकवानपुरको हेटौंडा नजिकै मनोहरी गाउँपालिका ३ घर भएकी सृजनाका घरमा दुई छोराछोरी छन । श्रीमान भने आफू बिदेश आएको केही समय पछि अर्कै बिबाह गरेर बसेको उनले बताईन । अहिले आफुले घर तिर पनि सम्पर्क गरेर आफुलाई उद्दार गरिन आग्रह गरेता पनि घरमा त्यसरी केही बुझ्ने जान्ने कोहि नभएको उनको भनाई छ । श्रीमानले अर्कै बिबाह गरेर बसे पछि वास्ता नगरेको उनको भनाई छ । आफुले मोबाइल पनि लुकेर चलाउनु पर्ने भएकोले कोहि सगँ राम्ररी सम्पर्क गर्न नपाएको उनको भनाई छ ।

आफूले काम गर्दै आएको घरमा कोहि छोराछोरी बिरामी भयो भने पनि खानामा औसधि मिसाएर खुवाएको हो कि भन्दै आफुलाई कुटपिट गर्ने गरेको साथै घरको साहुनी बाहिर गएर आउदा आफ्नो श्रीमानसगँ सुतिस कि भन्दै यातना दिने गरेको उनले बताएकी छिन । आफुलाई घर पठाइदे भन्दा पनि नमान्ने गरेको सृजना बताउँछिन । अब आफुले नेपाल फर्किने आश मारिसकेको र यहि नै जीन्दगी बिताउनु पर्ने हो कि भन्ने लाग्ने गरेको सृजना बताउछिन ।

आफुलाइ फोन नम्बर प्रयोग गर्न नदिएको कारणले आफुले नेपाली राजदुतावासमा पनि सम्पर्क गर्न नसकेको उनको भनाई छ । आफुलाई पठाउने एजेन्टसग कुरा गर्दा पनि आफुहरुले अब फिर्ता ल्याउन नसक्ने बताउने गरेको सृजनाको भनाई रहेको छ । अब कहि कतैबाट सहयोग मिल्छ कि भनेर आफू मिडियासम्म धेरै प्रयास गरे पछि सम्पर्कमा आउन सकेको उनको भनाई छ । अब मिडियाले सम्बन्धित निकायमा समन्वय उद्दार गर्दैछ 

भिडियो हेर्नुस : 


-
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post