तिहारको समयमा घट्यो दु’खद घ’टना : भाईको मृ’त्यु, दिदिको टाउकोमा चो’ट



ट्रकले स्कुटरलाई ठ’क्क’र दिँदा एकजनाको मृत्यु भएको छ।नेपालगञ्ज–सुर्खेत सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ ठूलो व्युरेनीमा मालबाहक ट्रकले स्कुटरलाई ठ’क्क’र दिएको हो।

भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ लाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको मालबाहक ट्रकले ठ’क्क’र दिएको हो।

दु’र्घट’नामा स्कुटर चालक भेरीगंगा नगरपालिका–१२ छिन्चुका २६ वर्षीय रविन राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

रविनकी दिदी रानी राना मगर घा’इते छिन्। उनको टाउकोमा चो’ट लागेको छ। उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। डिएसपी घर्तीका अनुसार घाइतेको अवस्था ग’म्भीर छ।

ट्रक चालक फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दु’र्घट’नापछि आफन्तले छिन्चु बजार र सडकखण्ड बन्द गरेका छन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post