आफ्नै श्रीमानले ना’ङ्गै भिडियो कलमा बोलाएर भिडियो खिचेर फेसबुकमा पोष्ट गरे….


आफ्नै श्रीमानले त श्रीमतीको इज्जत राख्न सक्दैन भने भने अरु कसले पो राख्न सक्ला र ! वस्त्र समेत नलगाएर आफ्नै श्रीमतीलाई क्यामेरा अगाडि आउन लगाउने र भिडियो बनाएर सामाजिक संजालमा पोष्ट समेत गरिदिने लाई खै के पो भन्न सकिन्छ र !

विश्वासमै त घात गरेपछि कसको के नै पो लाग्छ र ! श्रीमानले भनेको मान्दा मात्रै विदेशबाट पैसा पठाइदिने नत्र नपठाइदिने।भने बमिजिम नमानेको खण्डमा अरुसँग लागेको भन्दै अनावश्यक शंका गर्ने र हल्ला गरिदिने दिनरात ब्ल्या’कमे’ल गरिदिँदा उनी केही नलागेर सधैजसो अश्लील हिं’सा’को शिकारमा पर्दै आइन्।

नवलपरासी जिल्ला कावासोती घर भएकी संचिता बिक आफ्नी आठ वर्षीय सानी छोरीलाई लिएर सन्तोष देउजा कहाँ रुँदै आइपुगीन्।उनका श्रीमान आशीष भनिने पुष्प लाल विश्वकर्मा विगत तीन वर्षदेखि साउदीमा रोजगारीका क्रममा छन्।

संचिताको माइती कास्की जिल्ला अन्नपूर्ण नगर पालिकामा पर्दछ। उनको पुष्पलालसँग मागी विवाह भएको हो। पुष्पलालले यसभन्दा अगाडि पनि बिहे गरिसकेको रहेछन्। दुई वर्ष पछि पहिलो बिहे असफल भएपश्चात उनले दोश्रो बिहेको रुपमा संचितालाई माग्न गएका रहेछन् तर कुन कुरा संचितालाई थाहा समेत दिइएन।

आफ्नो हैसियतले भ्याउने जत्तिको बिहे गरियो संचिताको तर बिहे गरेर घरबाट त्यति टाढा गएकी संचिताको एकमात्र साहरा भनेको उनको श्रीमान नै थिए तर श्रीमानको कुनै पनि चाला ठीक रहेनछ।

उनी साथीभाइसँग लागूऔषधमा लागेर घरमा समेत उनलाई बेवास्ता गर्ने,ढिलो आउने गर्न थाले। पोखरा देखि नवलपरासी भनेको अलिक निकै टाढा को ठाउँ थियो जुन ठाउँ संचिता भन्छिन्,मेरो हजुरबुबाले समेत टेक्नुभएको थिएन।

संचिता जहिल्यै श्रीमानको बाटो कुरेर बस्ने गर्दथिन् तर उनको घर आउने कुनै ठेगान हुन्न थियो।साथीभाइसँग लागेर उनी निकै ढिलो आउने गर्दथे।श्रीमती चाहिँ आफ्नो श्रीमान आउने आशामा पर्खिरहेको हुन्थिन्।

पुष्पलाल र संचिताको सम्बन्धमा बिस्तारै खटपट सुरु हुन थाल्यो।बिस्तारै उनले आफ्नै श्रीमतीमाथी शंकाको दृष्टिले हेर्न थाले।हुँदाहुँदा आफूले बाबुसमान मानेको आफ्नो भिनाजुलाई समेत शंकाको दृष्टिकोणले हेर्न थाले उनले।

भिनाजुले विदेशबाट आउँदा फोन ल्याइदिनु भएको थियो,त्यही फोन ल्याइदिँदा तेरो भिनाजुले विदेशबाट आउँदा त्यतिकै यस्तो फोन ल्याइदिन्छ भनेर दिनरात मानसिक यातना दिन थाले।तिमीहरू दुईजनाको नाजायज सम्बन्ध भएको हुनुपर्छ भनेर सताइरहने गर्न थाले।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post