पर्वत जिल्लाकी माया पुन अहिले छोराछोरी सहित पोखरा बस्दै आएकी छिन । १ छोरा र ३ छोरी भएकी उनी केही समय अघि मात्र वैदेशिक रोजगारीबाट फर्किएकी हुन । अहिले उनी आफ्नो श्रीमानको खोजी गर्दै मिडियामा आएकी छिन ।
उनका श्रीमान बिजय पुनले आफुहरुलाई ऋणमा डुबाएर अहिले बेपत्ता भएको मायाको भनाई रहेको छ । वैदेशिक रोजगारीमा युरोप जान भन्दै श्रीमानले ऋण लिएर र त्यो नतिरी अहिले सम्पर्क बिहिन भएकोले आफुहरुको बिचल्ली भएको उनको भनाई छ ।करिव १७/१८ वर्ष अघि बिजय पुन वैदेशिक रोजगारिका लागि युरोप जाने भनी आफ्न्तहरुबाट १५ लाख ऋण लिएको माया बताउँछिन । दुई चोटिसम्म युरोपको लागि प्रयास गर्दा पनि सफल नभए पछि उनी घर पनि नबसी काठमाडौ नै बस्ने गरेको मायाको भनाई छ । घरमा बस्दा केही थाहा नहुने भन्दै काठमाडौ बसे वैदेशिक रोजगारिका लागि राम्रो राम्रो अवसरहरु बुज्न सकिने भन्दै घर छोडेर बिजय काठमाडौ नै बस्ने गरेको माया पुनको भनाई रहेको छ ।
करिव १३/१४ वर्ष देखि नै घरमा केही पनि खर्च नपठाएको माया बताउँछिन । ४ जना छोराछोरी आफुले नै दुख सुख गरि पालेर बसेको उनको भनाई छ । कमाई हुदैन भने घर मै आएर केही गरेर बसौ भन्दा पनि श्रीमान नमान्ने गरेको र काठमाडौ तिरै बस्ने गरेको मायाको भनाई छ । १२/१३ वर्ष अघि भने बिजय दुबै गएको र त्यहा बाट केही महिनासम्ममा जम्मा ६०/७० हजार जति पैसा पठाएको उनले बताईन । तर त्यस पछिबाट भने श्रीमान बिजय सम्पर्कमा नै न आएको उनको भनाई छ ।
अहिले श्रीमान आफुहरुसगँ सम्पर्कमा नआएको पनि १० वर्ष भन्दा धेतै भै सकेको उनको भनाई छ । त्यसै बिचमा आफू केही वर्ष अघि मंगोलिया जाने मौका पाएको र त्यही ४/५ वर्ष जति बसेर केही कमाएर छोराछोरीलाई खान लाउन, पढाउनका लागि गरेको भएता पनि अहिले ढाड दुख्ने समस्याले गर्दा काम गर्न नसकेर दुई महिना अघि फर्किएको मायाले बताएकी छिन । तर श्रीमानले लिएको ऋण आफुले तिर्न नसकेको उनको भनाई छ । श्रीमान पनि वैदेशिक रोजगारिमा जाँदै आउदै गरेको भन्ने आफुले सुनेको उनको भनाई छ ।
अहिले श्रीमान काठमाडौ मै बसेको भन्ने आफुले सुनेको भएता पनि पूरा ठेगाना भने कसैले नदिएको उनको भनाई छ । श्रीमानलाई आफन्तहरुले नै ऋण खोजिदिएको र उक्त ऋण नतिरेको कारणले गर्दा अहिले सम्पुर्ण आफन्तहरु पनि आफुबाट टाढा भएको उनको भनाई छ । आफुले श्रीमान फर्किएर आउलान भनेर धेरै समय कुरेको भएता पनि उनी नफर्किए पछि खोजिका लागि आफू मिडियासम्म आएको उनको भनाई छ । सम्पर्कमा आएर जति सकिन्छ ब्याबहार मिलाउन उनले आग्रह गरिन ।
भिडियो हेर्नुस:-