दिदीलाई लिएर भाइटीकाको किनमेल गर्न जाँदा बाटैमा भयो यस्तो घट’ना !

चार वर्षअघि नेपा’ली सेनामा भर्ती भएका रविन राना मगर रूकुम पश्चिमको सैनिक गणमा कार्यरत थिए। उनी तिहारको विदा लिएर बिहीबार लक्ष्मीपूजाको दिन सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुस्थित आफ्नो घर पुगेका थिए।रविन घर पुग्दा बिहानको करिब ५ ब’जेको थियो।

चिया–नास्ता खाइसकेपछि उनले आफ्नी दिदी रानी राना मगरलाई लिएर भाइटीकाको किनमेल गर्न वीरेन्द्रनगर, सुर्खेत जाने योजना बनाए।सेनामा जा’गिर खाएयता उनी दिदीलाई लिएर पहिलोपटक भाइटीकाको किनमेलमा जाँदै थिए।

दिउँसो पौने १ बजेतिर दिदी-भाइ स्कुटरमा छिन्चुबाट सुर्खेततिर लागे। कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटर रविनले चलाएका थिए, दिदी पछा’डि बसेकी थिइन्।

छिन्चु र वीरेन्द्रनगरको बीचमा भेरी नदी छ। नदी तरेर वीरेन्द्रनगर-११ मा पर्ने ठूलो व्युरेनी पुग्नासाथ रविन र उनकी दिदी सवार स्कुटरलाई एउटा मालवाहक ट्रकले ठ’क्कर दियो। कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको उक्त ट्रक जुम्लाबाट नेपालगन्ज जाँदै थियो।

दिदीसँग भाइटीकाको किनमेलमा हिँडेका रविनको घ,टनास्थलमै मृ,त्यु भयो। दिदी रानी घा,इते छिन्। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ। कर्णाली प्रदेश अस्पतालको आइसियूमा उनको उपचार भइरहेको छ।

‘तिहारमा दिदीको हातबाट टीका लगाउन आएको हो, त्यही बेला दिदीलाई सपिङ पनि गराइदिन्छु भनेर वीरेन्द्रनगर लिएर गएको,’ रविनको काकी पर्ने सावित्री सिंहले बिहीबार राति सेतोपाटीसँग भनिन्, ‘बाटोमा यस्तो घ,टना भयो, तिहार बेला दु:ख आइपर्‍यो।’

उनका अनुसार २६ वर्षीय रविनले दसैंमा भागी विवाह गरेका थिए। पुसाइँ (फुपाजु) बितेको एक वर्ष नपुगेको भएर घरमा भित्र्याएका थिएनन्। रविनका बुवा छैनन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनी फुपू र पुसाइँसँगै बस्थे। भगाएर ल्याएको श्रीमतीलाई छिन्चुमै कोठा लिएर राखेका थिए।

गणबाट विदा लिएर हिँडेको त बुधबारै र’हेछ। छिन्चुमा एक रात बसेर भोलिपल्ट बिहान मात्र घर आएछ। आउनेबित्तिकै आफ्नो गणमा खबर पनि गरेछ,’ काकी पर्ने सिंहले भनिन्, ‘यसपालि भाइटीकामा दिदीको हातबाट टीका लगाउनुअघि केही सपिङ गरिदिन्छु भनेर दिउँसो दिदी-भाइ वीरेन्द्रनगर गएका रहेछन्।’

नजिकका आफन्त कुमार पुनका अनुसार रविनको दरबन्दी नवलपरासी हो। उनी तालिम सिलसिलामा रूकुम पश्चिम गण आएका थिए। उपचाररत रानी छिन्चुमै र’हेको छिन्चु बोर्डिङ स्कुलमा माध्यमिक तहलाई पढाउँछिन्। उक्त स्कुल कुमार पुनकै हो।

२९ वर्षीया रानीले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन्। उनको विवाह नभएको पुनले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दु,र्घटना गराउने मालवाहक ट्रक चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post