साउथ स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा नि'धन

साउथ स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधनसैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि

उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् ।अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए ।

पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राजकुमारका छोरा हुन्उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । उनको ४६ बर्षको उमेरमा निधन भएको मिडियाले उल्लेख गरेका छन् ।पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।

पुनीतको जन्म सन् १९७५ मार्च १७ मा भएको हो । भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो ।उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post