नायिका प्रियंका कार्कीले असोज ४ गते छोरीलाई जन्माएपछि आफूले संचालन गर्ने भिडियो कार्यक्रम बन्द गरेपनि आईतबार राती भने बच्चालाई जन्म दिएको भिडियो सार्वजनिक गर्दै नियमित कार्यक्रम संचालन हुने जानकारी दिएकि छिन् ।
उनले असोज ४ गतेको हरेक गतिविधिहरु दर्शकसामु पेश गरेकिछिन् । प्रियंकाले आफ्नो आधिकारीक युट्युब च्यानल मार्फत ‘आयन्का’ लाई जन्म दिएको भिडियो सार्वजनिक गरेकि हुन् । (भिडियो समाचारको अन्तिममा छ)
गर्भवति देखि आमासँगको यात्राः नायिका कार्कीले आफू गर्भवति भएदेखि बच्चा जन्माएकोसम्म भिडियो सार्वजनिक गरेकि छिन् । उनले गर्भावस्थामा गर्नुपर्ने व्यायाम, खानपिन लगायत अपनाउनुपर्ने सावधानिका बारेमा जानकारी दिदैँ आएकि थिइन् । उनको यस यात्रामा श्रीमान आयुष्मान देशराज जोशिले भरपुर साथ दिएका थिए । गर्भावस्थामा पनि प्रियंकाको आयश्रोत भने घटेन । उनले भिडियो मार्फत लाखौँ रुपैँया आर्जन गरिन् ।
‘चप चप डायरिज’ कार्यक्रम संचालन गर्दै आएकि प्रियंकाले नेपालका सेलिब्रेटिहरुलाई बोलाएर अन्तर्वार्ता लिने गर्थिन् ।
प्रियंकाले हरेक विधाका कलाकारहरुलाई बोलाएर साक्षात्कार गरेको भिडियो युट्युबमा सार्वजनिक गर्छिन् । उनले समिर घिसिङ ‘भिटेन’ देखि आफ्नै सासु आमा रबिना देशराज श्रेष्ठसँग अन्तर्वार्ता लिएकि छिन् । उनले सो कार्यक्रमबाट महिनामै लाखौँ रुपैँया कमाएर महिला सशक्तिकरणको बलियो उदाहरण दिएकि छिन् ।
दोश्रो विवाहको सफलताः पहिलो विवाह सफल हुन नसकेपछि प्रियंकाले आफू भन्दा उमेरमा कान्छा रहेका आयुष्मानसँग विवाह बन्धनमा बाँधिएकि थिइन् । पहिलो वैवाहिक सम्वन्ध तोडिएको ८ वर्षपछि नायिका प्रियंका कार्कीले धुमधामसँग दोस्रो विवाह गरिन् ।
प्रियंका र आयुष्मानको प्रेम सम्वन्ध धेरै कारणले पहिल्यैदेखि चर्चा एवं गसिपको विषय बनिरहेको थियो । बैंकर रविना देशराजका छोरा आयुष्मान प्रियंकाभन्दा ६ वर्ष कान्छा हुन् । एउटा अवार्ड समारोहमा खुल्लमखुल्ला चुम्माचाटी गरेपछि यो जोडीको प्रेम मिडियामा छताछुल्ल पोखिएको थियो ।