नेपाली चेलीलाई कुवेतमा साहुनीले आइरनले डाम्दै यसरी राखेकि छिन्,नेपाली चेलीको मननै रु वाउने कहालीलाग्दो कथाएक चोटी अवस्य हेर्नुहोलायो (भिडियो)


झापा जिल्लामा बसोबास गर्ने दिलकुमारी दमाई र कमल बहादुर दमाईकी छोरी अमृता दमाई कुवेत गरेको ४ वर्ष भएको र आमालाई समयमा पैसापनी पठाउदै आएको तर गएको १ वर्षदेखि अमृता सम्पर्क बिहिन छिन् ।

एकदिन आफ्नो साहुनीको नम्बरबाट फोन गरेको भन्दै अमृताले आमालाई अन्तिम पटक गत साल फोन गरेकी थिइन् ।फोनमा अमृताले फाल्गुन चैतमा आउने र कोरोना म हामारीले गर्दा अहिले पैसा पठाउन नसकेको पनि बताएकी थिइन् ।

त्यस फोन पछ्यात अमृता १ वर्षभन्दा बढी समय भइसक्दा पनि सम्पर्कमा नआएको भन्दै आमा दिलकुमारी रु न्छिन् ।छोरी अमृताको पहिले विवाह भएको तर ज्वाइले छोरीलाई छोडेर हिडेको दिलकुमारीले बताइन् ।बिछोड भएपनि अमृता पहिलेको श्रीमानसंग बोल्ने कुरा पनि हामीले पायौं ।दिलकुमारीले अमृता एक्लै पथरीमा कोठा लिएर बसेको र त्यतैबाट धरानमा बस्ने तामाङ थर भएका पुरुषले अमृतालाई विदेश पुर्याउन सगाएकोसम्म जानकारी रहेको बताइन् ।

अमृतालाई कुनै खर्च नलिइ ईन्डिया हुँदै कुवेत पुर्याएको पाइयो ।कुवेत देश महिलाको लागी ठिक नभएको र आफ्नी छोरी त्यही गएर बेपत्ता भएको हुँदा दिलकुमारी र कमल निकै चिन्तित छन् ।म ठिकै छु आमा भनेर एकपटक भन्दिए हुन्थ्यो भन्दै रु न्छिन् दिलकुमारी ।

छोरीसंग विदेश गएको २ वर्षसम्म निरन्तर कुरा भएको तर त्यसपछि कुराकानी पातलिदै गएको उनले बताइन् ।अमृतालाई काम गर्न नजानेको भन्दै मालिक्नीले कु टपिट गर्ने,आइरनले पोलिदिने जस्तो गतिविधि गर्दै आएको गुनासो उनले आमालाइ पोख्ने गरेको पाइएको छ ।

आमा दिलकुमारीलाई छोरीको मृ त्यु भयो कि भन्ने आशंका पनि छ ।यसरी छोरी सम्पर्क बिहिन रहदा निकै पीर परेको र छोरीको खबर बुझिदिन र सकुशल भए घर फर्काउन गुहार मागिरहेकी छिन् ।

भिडियो हेर्नुस्:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post