मोटरसाइकल किन्न गएको ब्याक्तिलाइ भिखारी ठानेर बाहिर निकाल्दिए, यथार्थ थाहा पाएपछि सबैले हात जोडेर माफी मागे


काठमाडौं । भनिन्छ, मानिसको पहिचान उसको मनबाट गर्नुपर्दछ, तनबाट होइन । साथै उसको पहिचान कपडा हेरेर गर्न हुँदैन । संसारमा त्यस्ता धेरै मानिसहरु छन्, 

जो धनी भएपनि देखाउन चाहँदैनन् र सामान्यरुपमा नै हिँडिरहेका हुन्छन् ।त्यस्ता मानिसहरुलाई अधिकांशले भिखारी सम्झिन्छन् र आफ्नो घमण्ड देखाउन थाल्छन् ।यस्तै एउटा घटना एक व्यक्तिको जीवनमा पनि घटेको छ । यो घटना थाइल्याण्का एक ठूला बिजनेशम्यानको हो । उनी एक करोडपति व्यक्ति थिए । तर उनलाई पुरानो कपडा मन पर्दथ्यो र उनी त्यहि कपडा लगाएर हार्ले डेभिडसनको शोरुममा गएका थिए ।

त्यहाँ गएर उनले नजिकै रहेको एक मोटरसाईकलको मूल्य सोधे । तर पुरानो कपडा लगाएकै कारण बाइकको बारेमा सोरुममा रहेका व्यक्तिले बोल्न उचित ठानेनन् र बाहिर जान बताए । उनले नमानेपछि कर्मचारीहरुलेम्यानेजरलाई बोलाए ।म्यानेजरले पनि उनको कपडाबाट मूल्याङ्कन गरेर उनलाई बाहिर जा भन्दै चि’च्याउन थाले ।

जब ति व्यक्तिले उक्त बाइकको मूल्य सोधेर सबै पैसा र केहि टिप्स समेत झिके तब सबै छक्क परे उनलाई उक्त बाइकको १२ लाख मूल्य भनेकोमा उनले सबै निकालेपछि त्यहाँ रहेका सबै अचम्मित बने ।उनको बारेमा पछि सत्यता खोल्दै जाँदा उनी एक ठूला बिजनेशम्यान भएको कुरा पत्ता लागेको थियो । त्यसपछि त्यहाँ रहेका कर्मचारी र म्यानेजरले पनि उनीसँग माफी मागेका थिए ।एजेन्सीको सहयोगमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post