रुपन्देहीको तिलोत्तमामा युवतीको शं'कास्पद मृ'त्यु, प्रहरीले जाहेरी नबुझेको माइतीको आ'रोप


रुपन्देहीको तिलोत्तमामा युवतीको संकास्पद मृत्युपछि आफन्तले छानविन गरी दोषी माथि कारबाहीको माग गरेका छन् । तिलोत्तमा-८ मणिग्राममा चार नम्बरमा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी पौडेलको आफ्नै घरमा हत्या भएको

 भन्दै माइती पक्षले कारबाहीका लागि प्रहरीमा जाहेरी दिए पनि सुनुवाई नभएको भन्दै गुनासो व्यक्त गरेका छन् ।यही भदौ १९ गते राती हत्या भएको भन्दै माइती पक्षले छानविनका लागि इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गर्न गए पनि सुनुवाई नभएपछि न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् । मँगलबार आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक २७ वर्षिया युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताए ।

पाल्पामा दरबार रिसोर्ट संचालन गरेका सीताका श्रीमान ४३ वर्षिय टीका पौडेलको परिवारले योजनावद्ध रुपमा आफ्नो छोरीको हत्या गरे पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै न्यायका लागि आग्रह गरेका हुन् । ‘भदौ १९ गते रातीको घटना माइतिपक्षलाई भोलि विहान २० गते ५ बजेमात्रै जानकारी दिइएको थियो ।’-घटनाको विवरण सुनाउँदै माइती पक्षले भने परिवार र प्रहरीले भने यस घटनालाई ‘आत्महत्या’ हो भन्दै वास्तविकता लुकाउन खोजेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने अहिलेसम्म जाहेरी आफूकहाँ नआएको बताए । ग्लोबल आवाजसँग कुरागर्दै उनले घटना बारे छानविन भइरहेको हुँदा अनुसन्धानमा प्रभाव पर्ने भएकाले सबै कुरा बताउन नमिल्ने उल्लेख गरे

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post