आज २०७८ साल भदौ २६ गतेको राशिफल हेर्नुहोस्


आजको राशिफल बि.सं. २०७८ साल भाद्र २६ गते शुक्रवार ई.सं.२०२१ सेप्टेम्बर ११ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल चतुर्थी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल चतुर्थी तिथी, चन्द्रमा तुला राशिमा,
चित्रा नक्षत्र, ब्रह योग, वणिज करण । 

नेपालमा सूर्योदय बिहान ५: ४६ बजे, सूर्यास्त साँझ ६: १४ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ ।आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा जौँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैँया पैसाको कारोबार हुने देखिन्छ । व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । काममा अवरोध आउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले मन खिन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । खर्च लागे पनि दिगो आय स्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । अध्ययनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानि पुर्याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ । विस्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेको काम पनि नबन्न सक्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छा शक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post