
इटहरी / इटहरीका दिबश बस्नेतले बावु क्रिया सँगै परिक्षामा सहभागि भएका छन् । इटहरी ४ हलगडा घर भएका १९ बर्षका बस्नेतले क्रियापुत्रीकाे रुपमा नै कक्षा १२ काे बार्षिक परिक्षामा सहभागि भएका हुन् ।इटहरी स्थित बुढि गंगा मुक्तिघाटमा बावुकाे क्रियामा बसेका
उनले जनाता बहुमुखी क्याम्पसकाे परिक्षा केन्द्रमा गएर परिक्षा दिएका थिए । क्याम्पसले उनलाइ परिक्षाकालागि छुट्टै काेठाकाे व्यवस्था गरेकाे थियाे । एउटा छुट्टै कोठामा उनले अन्तिम संस्कारका पालना गर्नु पर्ने धार्मिक विधिकाे पलाना गरेर नै परिक्षा दिएका थिए । वैदेशिक राेजगारीकाे क्रममा परदेशमा नै उनका बावुकाे निधन भएकाे बताइएकाे छ ।