कमेडी च्याम्पियन जितेपछी रोए भरतमणि, स्तेजमै उर्लियो यति धेरै समर्थक(हेर्नुस् भिडियो)

कमेडी च्याम्पियनको दोश्रो सिजनको उपाधि भरतमणि पौडेलको हातमा परेको छ।उनको प्रस्तुति देखेर आम दर्शक निकै उत्साहित थिए सायद यसैको फल स्वरूप हुन सक्छ उनि यो बेला देशकै उत्कृष्ट कमेडी रियालिटी सोमा उनको प्रस्तुति निकै उत्कृष्ट रहेको थियो। 

उक्त कार्यक्रममा सेकेन्ड रनर अफको उपाधि भने सन्तोष थापा बनेका छन भने प्रथम रनर अफ बिक्की अग्रवाल बनेका हुन्।गतबर्षको भन्दा यसबर्षको ‘कमेडी च्याम्पियन’ले कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो ।

विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न चरणहरु र आरोह–अवरोह पार गर्र्दै नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन फाइनलको नजिक आइपुगेको छ । शनिबार हुने फाइनलमा एक जना प्रतिस्पर्धीले दोश्रो सिजनको उपाधि जित्छन् । साथमा, उनले कार र थुप्रै गिफ्ट ह्याम्पर पनि जित्नेछन् 

ताप्लेजुङका भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा छन् । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई, नेता राजेन्द्र महत्तो लगायतको क्यारिकेचर गरेर दर्शकको मन जिते । समसामयिक बिषयमा भरतमणीले गर्ने अभिनयले दर्शकलाई आकर्षित गरेको छ । यसैले, अडिसनमा खासै चर्चामा नआएका भरतमणी उत्कृष्ट २४ बाट भने निरन्तर चर्चामा छन् ।

सिक्किमका विक्की अग्रवालको कमेडी नयाँ शैलीको छ । उनी, कसैको पनि क्यारिकेचर गर्दैनन् । तर, समसामयिक बिषयदेखि विभिन्न प्रसंगलाई फरक ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्न उनी सफल छन् । विक्कीको कमेडीले नयाँ खुराक पस्किरहेको छ

हेर्नुस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post