यी हुन् क्यान्सर भए-नभएको आफै पत्ता लगाउने ७ तरिका

क्यान्सर नसर्ने रोग हो साथै रोगहरूको एक वर्ग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि , रोग आक्रमण र कहिलेकाँही मेटास्टेसिस को रूपमा देखिन्छ। तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ।

त्यसैगरी यो एक गम्भिर प्रकारको रोग पनि हो। जुनसुकै क्यान्सर लागे पनि पैसा र शरीर दुवैको क्षति हुन्छ। तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ।

क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनुपर्छ। यो रोग धनी, गरिब, महिला, पुरुषका साथै बच्चादेखि बुढासम्म पनि लाग्ने गर्छ।

नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन्। समयमै चिकित्सकलाई आफ्नो समस्याबारे नबताउँदा क्याम्सरको उपचार जटिल बन्ने गरेको छ।

चाँडो अस्पताल नजाने हाम्रो बानी नै छ। त्यसैले आफैले क्याम्सर भए नभएको बारे कसरी पत्ता लगाउने भनेर तपाईलाई जानकारी दिदैछौँ। शरिरमा क्यान्सर रोग भएरनभएको यसरी पत्ता लगाउन सकिन्छ।

१. निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा

२. शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा

३. छालामा भएको कोठीको रङ्ग र आकार परिवर्तन भएमा

४. उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा

५. शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा

६. विस्तारै शरिरको वजन घट्दै गएमा वा दुव्लाउदै गएमा

७. दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगत देखिएमा ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post