घरमा कमिला आउछ ? घरमा कमिला आउनुको यस्तो छ संकेत

घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने परिवर्तनको संकेत हो ।

यदि घरमा कालो कमिलाको आवत जावत हुने गरेको छ भने यसले भाग्योदयको संकेत गर्छ । कालो कमिला आउदा आर्थिक समृद्धि हुनुको साथै सुख मिल्ने बताईन्छ ।त्यस्तै घरमा रातो कमिला आवत जावत गर्छ भने त्यसले घरमा केही अशुभ हुने र परिवारमा तनाव बढ्ने संकेत गर्दछ ।

घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने परिवर्तनको संकेत हो ।यदि घरमा कालो कमिलाको आवत जावत हुने गरेको छ भने यसले भाग्योदयको संकेत गर्छ । कालो कमिला आउदा आर्थिक समृद्धि हुनुको साथै सुख मिल्ने बताईन्छ ।त्यस्तै घरमा रातो कमिला आवत जावत गर्छ भने त्यसले घरमा केही अशुभ हुने र परिवारमा तनाव बढ्ने संकेत गर्दछ ।

कमिलालाई के खुवाउँदा शुभ:कमिलालाई रोटी अथवा चिनी खुवाउँनु निकै शुभ मानिन्छ । कमिलाई चामलको रोटीमा शख्खर मिसाएर खान दिदा भाग्योदय हुन्छ र परिवारमा शान्ति मिल्छ ।यदी हरेक काममा उल्झन आईरहेको छ भने कमिलालाई चिनीमा नरिवलको धुलो मिलाएर खुवाउनुपर्छ ।यस्तै बदामको धुलोमा चिनी मिसाएर दिदा तनाव हट्ने र ब्यापार ब्यवसायमा प्रगती हुने बताईन्छ ।

यदि राशीमा शनि दोष छ भने कमिलालाई चनाको रोटीमा चिनी मिसाएर दिदा शुभ हुन्छ । यस्तै राहुको दशा चलिरहेको छ भने कमिलालाई चिनी दिदा शुभ हुन्छ ।यदि तपाईको सुर्य कमजोर छ भने आईतबारको दिन कमिलालाई खिर बनाएर दिदा शुभ हुन्छ । यदि कुण्डलीमा पितृ दोष छ भने कमिलालाई अमावस्यको समयमा आफुले खाने खानेकुराको केही अंश कमिलालाई खुवाउनुपर्छ ।

गृह दोष दुर गर्नको लागि कमिलाई गुलियो रोटी खुवाउद शुभ हुन्छ । साथै लक्ष्मी पनि खुसी हुन्छिन् ।यसैगरी सपनामा कमिला देख्दा धन लाभ हुने बताईन्छ । तर अधिक मात्रामा कमिला देखे जीवनमा चिन्ता बढ्ने संकेत गरेको मानिन्छ । घरमा आएको कमिलालाई मार्नु दुर्भाग्य हुने समेत ज्योतिषमा बताईएको छ ।

Post a Comment

Previous Post Next Post