चितवनमा घ'ट्यो ड'र ला'ग्दो घ'टना, ह'त्या आ'रोपितलाई पक्रन खोज्दा झ'डप इन्सपेक्टर सहित सात घा'इते


पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ९ सितलटोलमा हत्या आरोपितलाई पक्राउ गर्न खोज्दा प्रहरी र स्थानीय बीच झडप भएको छ । सो झडपमा परि प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित सात घाइते भएका छन् ।

स्थानीय ५० बर्षीया दशरथ मल्लले फलामको गलले हिर्काइ सोही ठाउँ बस्ने ५९ बर्षिया कान्छा लामाको हत्या गरेपछि मल्ललाई पक्राउ गर्न शुक्रबार राती साँढे नौ बजेको समयमा ईलाका प्रहरी कार्यालय भण्डाराको टोली सितलटोल पुगेको थियो ।

मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरीको टोलीलाई मृतकका आफन्तले अवरोध खडा गर्दै ढुंगामुढा गरेपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्ष बीच झडप भएको ईलाका प्रहरी कार्यालय टाँडी प्रहरी निरिक्षक प्रकाश ठकुरीले जानकारी दिए । खड्काका अनुसार हत्याको कारण खुल्न नसकेपनि मृतक लामा र मल्लको बिचमा पुरानो रिसइबी रहेको र सोही कारणले हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

ठकुरीका अनुसार घाइते हुनेहरुमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक श्याम बस्नेत, ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरिक्षक रोशन खड्का, दंगा प्रहरी नियन्त्रण गण दरबन्दी भई थप जिल्ला प्रहरी कार्यालय चितवनमा थप टोली आएका प्रहरी जवान अनिल बिक, प्रहरी जवान निकेश प्रजा, प्रहरी हवल्दार टेकेन्द्र राना समेत घाइते भएका छन् ।

घाइते भएका प्रहरी निरीक्षक खड्काको आँखामा गहिरो चोट लागेको र विकको दाँत भाँचिएको साथै अहिले उनीहरुको अवस्था सामान्य रहेको खड्काले जानकारी दिए । उनीहरूको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको खड्काको भनाइ छ ।

उता स्थानीयका तर्फबाट सुश्मा पुन र कुशल पुन समेतघाइते छन् । प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायरसमेत गरेको थियो । मृतकको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । रातभर तनावग्रस्त भएको सितलटोलको अवस्था भने अहिले सामान्य रहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post