मोबाइलको भिडियोमा मात्रै बोल्नेछन् अब भर्खर टुकुटुकु हिड्न थालेका उनका छोराछोरी


मादी नगरपालिका-१ उम्लिङका रमेश कार्की वैदेशिक रोजगारीका लागि मलेसियामा थिए। दस वर्षयता मलेसिया-नेपाल आउजाउ गरिरहेका उनले श्रीमती रञ्जनासँग भदौ २० गते राति ९ बजेसम्म टेलिफोनमा कुराकानी गरेका थिए।

रमेशका अनुसार रञ्जनासँग दिनहुँ टेलिफोन संवाद हुन्थ्यो। रञ्जनासँग कुराकानी भएको दुई दिनअघि मात्र ८ वर्षीय छोरा दिपेन र ४ वर्षीया छोरी गोमासँग उनले भिडिओ कलमा कुरा गरेका थिए। ‘उनले नराम्रो केही सुनाएकी थिइनन्, सबै राम्रै छ भन्थिन्,’

रमेशले भने, ‘छोराछोरीसँग दुई दिनअघि भिडिओमा कुरा गरेको थिएँ, त्यसको भिडिओ रेकर्ड राखेको थिएँ।’ पछिल्लो पटक १७ महिनाअघि घर आउँदा छोरी गोमा भर्खर टुकुटुकु हिँड्न थालेकी थिइन्। शरीर सम्हालेर राम्ररी हिँड्ने नभइसकेकी गोमासँगको त्यो प्रत्यक्ष भेट अन्तिम भयो।

त्यसबेला उनी घर आउँदा छोरा दिपेन दुई कक्षामा पढ्दै थिए। ‘मसँग अब छोराछोरीसँग कुराकानी भएको त्यही भिडिओ मात्रै बाँकी रह्यो,’ रमेशले मलीन स्वरमा सोमबा भने, ‘म अहिले यो घटनाबारे कुनै पनि कुरा गर्न सकिरहेको छैन, भो धेरै नसोध्नुस्।’

हुन पनि छ-छ जना परिवार, त्यसमाथि कलिला लालाबालासहित श्रीमती र आमाबुवा गुमाएका रमेशसँग बोल्ने शब्द बाँकी नै के छ र! कुराकानी गर्न खोज्दा उनीसँग सम्पर्क नम्बर थिएन। उनका कान्छा काका तिलकमार्फत हामीले रमेशसँग कुराकानी गर्न खोजेका थियौं।

तिलकले आफ्नो फोन रमेशलाई दिएपछि छोटो कुराकानी सम्भव भयो। कुराकानीका लागि अनुरोध गर्दा रमेशले सुरूमै भनेका थिए- यो घटनाबारे तपाईं धेरै नसोध्नुस्, म आफूलाई सम्हाल्न सक्दिनँ। अघिल्लो दिन राति ९ बजेसम्म संवाद उनी सम्झिरहन्छन्- नराम्रो केही थिएन।

यति भनेकी रञ्जनासहित बुवाआमा, हजुरआमा, कलिला छोराछोरीको ह,‘त्या भएको सुन्दा उनले आफूलाई कसरी सम्हाले, त्यो उनैलाई मात्रै थाहा छ। आफन्त र प्रहरीले सम्पर्क गर्दै परिवारकै ह,‘त्या भएको कुरा रमेशलाई बताएका थिए। रमेशका भाइ नरेश दुई वर्षअघि दुबई गएका थिए।

उनी आफ्नी श्रीमती र छोरासाथ दमकमा डेरा गरेर बस्थे। उनी परिवारबाट छुट्टिएर बसेको हुँदा उनकी श्रीमती र छोरा ह,‘त्या,‘राबाट जोगिएका थिए। ‘उनीहरू पनि सँगै थिए भने किन छोड्थे होला र,’ तिलक भन्छन्। तिलकका अनुसार रमेशका छोरा दिपेन उम्लिङ माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्थे। उनी स्कुल फर्स्ट हुन्थे।

‘रमेश हजुरबुवा, हजुरआमा, बुवाआमासहित आफ्नो परिवारका निम्ति विदेशमा पौरख गरिरहेका थिए,’ तिलकले भने, ‘दैव पनि कति निठुर भइदियो, यो भतिजोलाई म कसरी सम्हालूँ।’ गोमा चार वर्ष पुग्दैगर्दा उनलाई उम्लिङमै वा तराईतिर राखेर पढाउने भन्ने सल्लाह परिवारमा भइरहेको थियो।

‘साइँलो दाजुको छोरा, रमेश र नरेश मिलेर झापाको केरखामा दुई बिघा जग्गा किन्ने सल्लाह भइरहेको थियो,’ तिलक भन्छन्, ‘जग्गा किन्न नपाउँदै सबै परिवारको ह,‘त्या भयो।’ तिलक तेह्रथुमको जिरिखिम्तीमा बस्छन्। भदौ २१ गते बिहान दाजु तेजबहादुर, भाउजू कमला, हजुरआमा पार्वती, बुहारी रञ्जना, नाति दिपेन र नातिनी गोमाको सामूहिक हत्या भएपछि उनी संखुवासभा पुगेका थिए।

घटना भएको दुई दिनपछि कान्छा नरेश नेपाल आइपुगेका थिए। इटहरीमा परिवारको दा,‘हसंस्कारमा उनले परिवारका छ जनालाई दा,‘गबत्ती दिएका थिए। रमेश घटना भएको एक सातापछि मात्रै नेपाल आएका थिए। उनी नेपाल आएको मंगलबार ११ दिनमात्रै हुँदैछ।

नरेश आफ्ना लालाबाला सम्हाल्न दमक झर्ने तयारी गर्दैछन्। रमेश वयोवृद्ध हजुरबुवालाई लिएर कहाँ जाउँ भनी बि,‘लखबन्दमा छन्। भदौ २१ गते घटना हुँदा ह,‘त्याराले छोडिदिएका तिनै वृद्ध बौद्धमान मात्र हुन्। टु,‘क्रिएको परिवारका वृद्ध बौद्धमान र रमेश उम्लिङमा बस्न चाहँदैनन्।

तिलक उनीहरूलाई त्यहाँ राख्न पनि चाहँदैनन्। जन्मेहुर्केको ठाउँमा रहेको घरजग्गा व्यवस्थापन गरेर बौद्धमान र रमेशको व्यवस्थापन तिलकको काँधमा आएको छ। त्यहाँ उनीहरूको खेतबारी गरी करिब सय रोपनी जग्गा छ। ‘मेरो घरमै भए पनि लगेर राख्छु, अन्यत्र विकल्प केही हुन्छ कि भनेर म सोचिरहेको छु,’ तिलक भन्छन्।

रमेशले परिवारिक विछोडको पी,‘डा लुकाउन कहाँ जाने भन्ने कुरा सोच्न भ्याएका पनि छैनन्। परिवारकै ह,‘त्या हुँदा जोगिएका बौद्धमान छ दाजुभाइमध्ये कान्छा हुन्। उनको परिवारको ह,‘त्यामा समातिएका रणबहादुर र खड्गबहादुर उनका साइँला दाजुका छोरा हुन्।

प्रहरीले सार्वजनिक गरेका २५ वर्षीय लोकबहादुर र उनका १७ वर्षीय भाइ रणबहादुरका छोरा हुन्। रणबहादुरका भाइ ४७ वर्षीय खड्गबहादुर र उनका छोरा २८ वर्षीय हस्तबहादुर हुन्। तिलकका अनुसार तेजबहादुर रणबहादुरको परिवारको हेरचाह गर्ने गर्थे। रणबहादुर अलि विपन्न थिए।

‘उनीहरूलाई सरसहयोग गर्नुहुन्थ्यो, सल्लाह सुझाव दिनुहुन्थ्यो, तिमीहरू यसो गर, उसो गर भन्ने गर्नुहुन्थ्यो,’ तिलक भन्छन्, ‘त्यसरी भन्दा कहिलेकाहीँ नराम्रो पनि माने होलान्।’ लोकबहादुर कार्कीको घरमा २० गते राति हत्याको योजना बनेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनाले तेजबहादुरको परिवारको न,‘रसंहार गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। ‘राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र उनका भाइ बसेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले भने।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post