कमेडी च्याम्पियन सिजन २’ का फाइनलिस्ट भरतमणि पौडेल घर पुग्दा रोकिएन आमा बुवाको आशु पूर्वमा पारस बन्दा च्याब्रुङ देखी पञ्चे बाजाले स्वागत (हेर्नुहोस भिडियो)


कमेडी च्याम्पियन सिजन २’ का फाइनलिस्ट भरतमणि पौडेल ताप्लेजुङ पुगेका छन् । प्रतियोगिताको फाइनलमा पुगेसंगै उनी भोट अपिलका लागि जन्मस्थान ताप्लेजुङ पुगेका हुन् । आज कुशे औँशी, अर्थात् बुबाको मुख हेर्ने दिन पारेर उनी जन्मघर पुगेका हुन् ।

उनलाई ताप्लेजुङमा नौमती बाजा, च्याब्रुङ नाच, सयौंको संख्यामा बाइक र्याली सहित स्वागत गरिएको हेमराज निरौलाले न्युजपोलारलाई बताए । बुबाको मुख हेर्ने दिन पारेर जन्मघर पुगेका उनी आफ्ना बुबा आमासंग भट्ने क्रममा निकै भावुक बनेको पनि निरौलाले न्युजपोलारलाई बताए ।

निरौलाका अनुसार भरतमणि पौडेलले भोट माग्दै गर्दा आफु अहिलेको अवस्थामा पुग्नुको सम्पुर्ण श्रेय दर्शकहरुलाई र आफ्ना शुभचिन्तकहरुलाई दिएका थिए । उनले बोल्दै प्रतियोगिताको उपाधी आफुले जिते ताप्लेजुङका लागि पनि सहयोग गर्ने जनाएको निरौलाले न्युजपोलारलाई जानकारी दिए ।

भरतमणि कमेडी च्याम्पियन सिजन २ का सुरुवातदेखि नै निकै चर्चामा आएका कमेडियन हुन् । एमाले नेता गोकुल बास्कोटाको मिमिक्री गरेर चर्चामा आएका उनले पछिल्लो श्रीङ्खलामा पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएपछि झनै चर्चामा आए ।

उनको सो प्रस्तुतीलाई सम्पुर्ण दर्शकहरुले मन पराएका कारण भिडियोको ट्रेलर मात्रै पनि युट्युबको ट्रेन्डिङको १४ नम्बरमा पर्न सफल भएको थियो । भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको मिमिक्री पनि हुबहु गर्ने गरेका छन्। 

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post