घट'नास्थल पुग्दा यस्तो देखियो, पहिरोले लग्यो सारा परिवारको ज्या'न,अधुरै रह्यो नयाँ घरमा बस्ने सपना

घरमाथि मोटरबाटो खनेपछि कुश्मा नगरपालिका–३ दुर्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर किनेर बाटोमाथि सरे। सुरक्षित ठानेर किनेको घरमा उनले परिवारसँग एक वर्षभन्दा बढी बिताउन पाएनन्। बिहीबार मध्यरातमा खसेको पहिरोले घर पुर्‍यो।

भित्रै पुरिएका आमा, श्रीमती, दुई छोरी र एक छोरालाई उनले गुमाए। विदेशबाट फर्किएर सुरक्षित घरमा बस्ने उनको सपना पहिरोसँगै पुरियो।

छिमेकी प्रताप गिरीका अनुसार वैदेशिक रोजगारीमा गएका शर्माले कतारबाट फर्किएर डेढ वर्ष अघिमात्र ५ मिनेटमाथिको भोगेनीमा माइजूकी आमा नर्वदी पाध्याको घर किनेका थिए। घर सरेपछि पौडेल परिवारले सुरक्षित ठानेको थियो। ‘झन्डै सय मिटरमाथिबाट आएको पहिरोले घर पुरिदियो,’ गिरीले भने, ‘बरु उहाँहरू बाँधस्वाँरामै बसेको भए हुने रहेछ, आज यो अवस्था देख्नुपर्‍यो।’ पहिरोले पुरिएर शर्माकी आमा ७५ वर्षीया कौशिला, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरू १६ वर्षीया विमला, ११ वर्षकी विनीता र ९ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको हो।

राति करिब डेढ बजेतिर पहिरो खसेको थियो। दर्के झरी परेकाले पहिरो जान सक्ने शंका गर्दै राति गाउँलेका धेरै जना जागै थिए। तत्कालै उद्धारमा जुटेका स्थानीयले कौशिला, विमला र विनीताको शव निकालेका हुन्। विमला १२, विनीता ४ र विनोद ३ कक्षामा पढ्थे।

गिरीका अनुसार पहिरो खसेको स्थानको जमिन अलिअलि दबिएको थियो। स्थानीयले पुरपार गरेका थिए। तर, बुधबार रातिदेखि परेको भारी वर्षापछि पर्खालसहित पहिरो खस्यो। घर बिक्री गरेकी नरबदी पनि सोही घरको एक कोठामा बस्दै आएकी थिइन्। उनी बस्ने कोठा भने पहिरोले छोएको छैन।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post