बिनाकारण ८ वर्ष साउदी जे’ल बसेर फर्किँदा एअरपोर्टमै रुवाबासी, रित्तो हात, जेलकै सेता कपडामा हेर्नुहोस् भिडियो


बुबा,आमा,श्रीमती र छोराछोरीलाई धन कमाएर सुखले पाल्छु भनेर साउदी अरब पुगेका नेपाली दाजुभाइहरू गक्ती नै नगरी साउदी अरब पुगेर फर्किँदाको यो दृश्यले सबैलाई भावुक एवम् आक्रोशित समेत बनायो। उनीहरू जेलमा बस्दै लगाइने सेतो कपडामा खाली हात नेपाल आएका छन्।

अब त जेलमै सडेर म’रिन्छ होला भनेर सोच्दासोच्दै आमा र दाजु पनि बित्नुभयो भन्दै बिलौना गर्दछन् त्यीनै मध्येका एकजना युवा रमेश कुमार गुरुङ।आठ बर्षसम्म जन्म दिने बुबा पनि बितिसक्नुभएछ,काखको छोरा पनि अहिले त ठूलो भैसक्यो होला भनेको सुन्दा जोकोहिको पनि मन भक्कानिने गर्दछ।

झण्डै नेपाली रुपैयाँ दुई करोड तिरेर मात्रै नेपाल फर्किन पाइन्छ भन्दा पनि आफूहरूलाई अब त नेपाल फर्किन पाइन्छ जस्तो नि लागेको थिएन।घरमा फोन गर्दा सुरुवाती दिनमा भोलि पर्सि आउने भनेर आमा बुबालाई सम्झाउँदा सम्झाउँदै पनि यत्रो दिन सम्म ढाँट्न सकिएन।उनीहरू निर्दोष छु भन्दाभन्दै पनि जेल जीवन बिताएर सिर्फ हातमा पासपोर्ट र सेता लुगा लगाएर नेपाल फर्किएका यी नेपाली दाजुभाइहरूको बारेमा भिडियो रिपोर्टिङ तयार पारिएको छ।धन सम्पत्ती कमाउन भनेर विदेशिएका नेपाली दाजुभाइ बिनाकारण यत्रो वर्ष जेलमा बिताउनुको पीडा कति हुन्छ भनेर यही तल भिडियो रिपोर्टिङ मार्फत प्रश्तुत गरिएको छ।

त्यी नै मध्येका रोल्पाका रमेश कुमार गुरुङ र गणेश ओली २०११ सालमा रोजगारीका सिलसिलामा साउदी पुगेका थिए।साउदी पुगेको दुई वर्षसम्म त उनीहरू काम गरिरहेकै थिए।उनीहरूको काम सामान्य मजदुरी लेबरको काम थियो।गाडीमा सामान लोड,अन लोड गर्ने काम हुन्थ्यो।एक दिन सामान लोड गर्ने क्रममा ड्राइभर र गाडीमा काम गर्ने मान्छे मिलेर लोड गरेको औषधि जन्य सामान कतै लगेर बिक्री गरेको थाहा पाइसकेपछी कम्पनीले त्यी नै लेबरहरू लाई आरोप लगाएर सामान चोरी गरेर बेचेको आरोपमा जेल लगेर थुन्यो।

गणेश ओली १९ वर्षको कलिलो उमेरमा विदेशिएका अहिले उनी २८ वर्षको उमेरमा जेलमुक्त भएर छुटेर नेपाल आउने सौभाग्य पाएका छन्।साउदीको जेलमा दस वर्षसम्म बिताउनु पर्दा न त कुनै नेपाली देख्न पाइन्थ्यो न त कुनै नेपाली भाषा नै सुन्न पाइन्थ्यो। नेपालीलाई भेट्नु भनेको त एउटा ठूलो सपना जस्तै थियो उनीहरूका लागि।जति पनि बोलिन्थ्यो र सुनिन्थ्यो त्यो सबै हिन्दी र अरबीमात्रै बोल्न मिल्थ्यो।अहिले त आफ्नो भाषा समेत राम्रोसँग बोल्न नआउने भएको उनीहरूले बताउँछन्।

रमेशको त आफू जेलमै हुँदा आमा पनि बित्नु भयो,कस्तो भयो होला उहाँको मन ? आफ्नो जन्मदिने आमालाई समेत अन्तिमपटक भेट्न पाएनन् उनले। जे’लमै शो’क मनाउँदै बस्नुपर्‍यो।यता गणेश ओली भन्छन्,मलाई त अहिले पनि नेपालमा आएको विश्वास नै लागिरहेको छैन।मेरा आमाबुबा त झन् गाउँमा बस्नुहुन्छ,कसैले छोरालाई जे’लमै मा’र्‍यो रे अब फर्केर आउँदैन भनेर भनिदिँदा कस्तो भयो होला उहाँ हरूको मन ?

बाँकी तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post