आज भर्खरै संखुवासभामा कुकुरले यस्तो संकेत गर्यो (भिडियो सहित)


संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको घटना रहस्यमयी बन्दै गएको छ। ह’ ‘त्या भएको घटनालाई थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको का’ण्डको अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञटोलीले अहिलेसम्म केही तथ्य फेला पार्ने सकेको छैन। अ’पराध अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानबाट आएको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन सकेको छैन।

धरानबाट आएको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन नसकेपछि मंगलबार दिउँसो शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । प्रहरी र स्थानीयको जानकारी अनुसार तेज बहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो।

गाउँमा भएको प्रकरणमा प्रहरीले ह’ ‘त्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको ह’ ‘त्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि ह’ ‘त्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार घटनामा सं’लग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको ह’ ‘त्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि ह’ ‘त्या भएको हुनसक्ने अनुमान गरिएको हो । रातो पाटीमा छापिएको समाचार अनुसार यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ।

बौद्धमानले भने, ‘सपरिवार बेलुका ६-७ बजेतिर खाना खाएर सुतेका थियौँ। बिहान एक्कासि यस्तो देखियो अचम्मैमा परेँ। घटनामा परेकाहरुको शवको अवस्थालाई हेर्ने हो भने तेज बहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य ५ जनाले चप्पल, स्यान्डल लगाएका थिए।

सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थितिमा छैन। यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरु चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो।

भिडियो सामग्री

Post a Comment

Previous Post Next Post