डेढ घण्टाको अन्तरालमा दम्पतिको मृत्यु: लास निकाल्दा कुकुरले बाटो छेक्यो, बाँसमा गोमन सर्प

सङै जिउने सङ्गै मर्ने कसम खाएका पती–पत्नीको मृत्यु एकैसाथ भएका घटनाहरू विरलै सुन्न पाइन्छन् । त्यस्तै घटना मोरङको सुन्दरहरैँचामा घट्न पुगेको छ ।

डेढ घण्टाको अन्तरालमा मृत्यु भएका श्रीमान् श्रीमती स्थानीय  घाटमा दाहसंस्कार भएको छ ।पत्नीको मृत्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृत्यु भएको छ ।

आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती  मृत्यु भएको थियो । बिहान श्रीमतीको सद्गतिको लागि लासलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय श्रीमानको पनि मृत्यु भएको थियो ।

डेढ घण्टाको अन्तरालमा दुवै जनाको  घाटमा सदगती गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

बिहान श्रीमतीको लास निकाल्दा कुकुरले पटक पटक बाटो छेकेको र पतीको लासमा आगो सल्काउन बोकेको बाँसमा गोमन सर्प बेरिरहेका अवस्था फेला परेको स्थानीयले बताएका छन् ।

Post a Comment

Previous Post Next Post